YouTube Link

कोरोना भाइरस विरुद्ध जी-ट्वान्टी देशका राष्ट्रप्रमुखहरुको आज भिडियो कन्फ्रेन्सिङ्ग मार्फत बैठक हुँदै

Facebook Link

एजेन्सीः विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीविरुद्ध रणनीति बनाउन जी-ट्वान्टी देशका राष्ट्रप्रमुखहरुको आज भिडियो कन्फ्रेन्सिङ्ग मार्फत बैठक हुँदैछ ।

यस अभियानका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो बैठकको प्रस्ताव गरेका थिए । जी–ट्वान्टीको अध्यक्षता गरिरहेको साऊदी अरेबियाका राजा मोहम्मद बिन सलमानले यस प्रस्ताव स्वीकार गरेपछि आज बैठक हुन लागेको हो । बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सबै २० देशका राष्ट्रप्रमुख सहभागी हुनेछन् । कन्फरेन्समा विश्व स्वास्थ्य संगठन र विश्व बैंकका प्रतिनिधि पनि सहभागी हुने जनाईएको छ ।

कोरोना भाइरसले उत्पन्न महामारी र निम्त्याएको आर्थिक संकटबारे यस बैठकमा कुराकानी हुनेछ । विश्व स्वास्थय संगठन र विश्व बैंकका प्रतिनिधि पनि बैठकमा सहभागी हुनेछन् । जी-ट्वान्टी संसारका शक्तिशाली देशहरुको समुह हो ।

जी–ट्वान्टी राष्ट्रहरुमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, टर्की, संयुक्त राज्य र अमेरिका सामेल छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...