YouTube Link

मधेशमा मार्क्सवादी कोमाडिफिकेशन र ब्यूटिफिकेशन

World Cup 2026
Facebook Link
vision

 

आजभोलि मधेशलगायत देशभरी नै सबै समुदायमा दाईंजो (Dowry) प्रथाको कारणले विवाहहरू असफल भई रहेका छन् । यो तथ्याङ्क विगतभन्दा हाल डरलाग्दोरूपमा बढिरहेको छ । विवाह असफल हुनुमा दाईंजो लगायत, समाज मनोविज्ञान कति दोषी छ रमोबाईल, टिभिलगायतका टेक्नोलोजीले कति असर पारेको छ भनि बुझाउनु यस लेखको मुख्य उद्देश्य हो । विगतमा दाईंजो कसरी थियो र आज कसरी भारतबाट नेपालको मधेश हुँदै देशभरी नै छ, यी कुराहरू पनि छोटो रूपमा चर्चा गर्दै दाईंजो सुन्दरतासँग कसरी गाँसिएको हो, त्यो देखाउनु छ ।

 

सुन्दरताको व्यापारीकरण

सुन्दरताको व्यापारीकरण (Commodifying the beauty or, commodification of beauty) बारे बुझ्न हामीले कार्ल मार्क्सको सिद्धान्तको सहारा लिनुपर्छ । किनकि कोमोडिफिकेशन शब्द नै मार्क्सवादी चिन्तनमा पर्ने शब्द हो । यो शब्द पूँजी (Capital) सँग सम्बन्धित हो । जसको सिधा सम्पर्क मान्छेको सोचसँग (Human psychology) हुन्छ । लोईस टाईसन (Lois Tyson) अमेरीकि लेखकले आफ्नो पुस्तक क्रिटिकल थ्योरी टुडे (critical theory today) पृष्ठ ६२ मा उल्लेख गर्छिन् कि मार्क्सवादको लागि कोमोडिफिकेशन वस्तुले के गर्छ (Use value) होईन अपितु सो वस्तुलाई कति रूपैयाँमा बेच्ने वा अन्य कुनै अर्कोसँग साट्ने (Exchange value) र सो वस्तु हुँदा मालिक/स्वामीको कस्तो प्रतिष्ठा समाजमा थपिने (Sign-exchange value) हो । उदाहरणको लागि यदि म एऊटा किताब आनन्द उठाउन पढ्छु भने त्यो किताबको युज भ्यालु हो, यदि म त्यहि किताब बेच्छु भने त्यो त्यसको एक्सचेञ्ज भ्यालु भयो र त्यहि किताब म होटलको टेबलमा लिएर मेरो स्टैटस अरूभन्दा भिन्न र माथि छ भन्ने देखाउँछु भने त्यो किताबको लागि साईन-एक्सचेञ्ज भ्यालु हुन जान्छ ।

 

सामान्यरूपमा महिलाको सुन्दरता अमेरीकि र नेपाली समाज जहाँपनि परम्परागतरूपमा उनको शारीरिक बनावट, छालाको रंग र अनुहारको सुन्दरता तथा पुरूषको लागि उँचाई, छालाको रंग आदि हुन् । जुन शारीरिक बाह्य सुन्दरता (Physical charming) मात्र हो जसले पुरूषलाई Handsome (ह्यान्सम्) र महिलालाई a beaut or beautiful को ताज दिलाउने क्षणिक कुरा हो । वास्तवमा सुन्दरताको मापदण्ड शारीरिक अङ्ग र बनावटमा सिमित नभई मान्छेको सोच, व्यवहार, चालचलन, बोलाई आदिसम्म व्यापक हो ।

 

मधेशमा यसको असर

माथिको टाईसनको सुन्दरताको परिभाषाको प्रभाव मानव समाजमा जहाँपनि छ, मधेशमा पनि छ । उदाहरणका लागि विवाहको बेला केटा-केटी दुबैजनाले सुयोग्य जीवन साथी (Life partner) खोज्छन् भने कार्यालय, विद्यालय, बाटामा हिंड्दा वा विपरीत लिङ्गीसँग कुराकानी गर्दा जहाँपनि सुन्दरताले आकर्षण गरि सकारात्मक-नकारात्मक प्रभाव पारिरहेकै हुन्छन् । विवाहको बेला मधेशमा केटाको ऊंचाई, शारीरिक स्वस्थ्यता, सम्पन्नता, जागिर वा व्यवसाय आदि हेरिन्छ भने केटीको अनुहार, श्रृंगार, बोलचाल आदि हेरिन्छ नै । साथै, यदि केटी काली छ वा पढेलेखेको छैन वा काली भएर शिक्षित भएपनि मोटो दाईंजो लिएर केटाले क्षतिपूर्तिको सिद्धान्त (Theory of compensation) अनुसार कतिपय ठाउँमा आफ्नै मनले वा परिवारको दबावमा विहे गर्छन् । तर त्यस्तो विवाह जुन मानले मानेको हुनुपर्थ्यो तर त्यो धनले मानेको हो, त्यो धेरै टिक्दैन, टिकाउने नाममा धानेपनि कचकच भईरहन्छ । त्यो पवित्र दुई मनको मिलन भन्दा पनि गलपासो बन्धन विवाह हुन जान्छ । जहाँ सुख दु:खको साथी श्रीमान्/श्रीमतीले एकले अर्कालाई ठान्नुको साटो “झेलिरहेको” अनुभव भई त्यहिंबाट परपुरूष वा परस्त्रीसँग विवाहेत्तर सम्बन्ध (Extramarital affairs) सम्म धकेलिदिन्छ । तर बुझ्नुपर्ने के हो यहाँ भने यो मधेशको मामिलामा त छँदैछ साथै हरेक समाजमा पनि छ । मधेशको चर्चा यहाँ भईरहेकोले गर्दामात्र उपशीर्षक मधेशमा असर भनेर उल्लेख गरिएको हो ।

 

दाईंजो किन हटेन त ?

पहिला दाईंजो के हो ? वास्तवमा विवाह अघि दुई परिवार बीच विहेको लागि केटा-केटीबारे कुरा छिनोफानो भईसकेपछि कुल देवी, देवतालाई धार्मिक, सांस्कृतिकरूपमा खुशीपार्न सम्झनलाई दिईने वैवाहिक सगुन (Good Omen/Good Star Shining) अर्थात्, साईत जुराउने निम्तो मात्र हो जुन अपार खुशीको प्रतीक हो आमाबुवा, परिवार र ईष्टमित्र, मानवसमाजकै लागिपनि कि हामीले सभ्य मानव समाजको विकासको लागि हामीले एऊटा अभिभारा आज पूरा गर्नतर्फ लम्कियौं । नेपाल-भारतको सनातन हिन्दू-बौद्ध समाजमा मान्छेले रामायण, महाभारतको घट्नाको उदाहरण दिई केटी पक्षबाट दाईंजो माग्छन् । यो गलत कुरा हो किनकि समाजपिच्छे सुपारी, रक्सि, दाम, सामान आदि दाईंजो जेपनि कम वा बढी सगुनताको प्रतीक खुशी मनले हुनसक्छ, यसमा करचाप नै पहिलाको युगदेखि आजसम्म उल्लेख गरेको पुस्तक, कानून वा धारावाहिक कथा केहिपनि छैन । अवश्यपनि रामायणमा राजा जनकले छोरी जानकीका लागि वा राजा द्रुपदले छोरी द्रौपदीका लागि क्रमश: दुलहा राम वा अर्जुनलाई दाईंजो दिए । तर पौराणिक कालको घट्ना दिएर दाईंजो असूल्ने गैह्रकानूनी काम गर्नेले भने के बिर्सन्छन् भने १) सो बेला दाईंजो माँगेर होईन खुशीले दिन्थ्या वा नसक्नेले दिंदैनथ्या, २) विहेपछिमात्र सामान, सुन, चाँदी, नोकरानी, लुगाकपडा, जिन्सि आदि दिईन्थ्या जबकि आज विहे अघि शर्तनामामा मागिन्छन्, ३) दाईंजोको कुरा सो बेला गौण थियो र क्षमताका आधारमा दुलहा (Bridegroom) र दुलही (Bride) खोजिन्थे, आजको जस्तो लोभलाचमा खोजिने जस्तो होईन अर्थात्, आज दुलहा मान्छेलाई नै कोमोडिफाई (Commodify) गरियो जबकि दुलहीको सुन्दरता र शीपको गणना हुन छाड्यो । पढेलेखेको समाजमा यी कुराहरूमा व्यापक सुधार आईरहेको पनि छ तर अनपढ परिवार गाऊँ र शहर जहाँपनि गरिबी र अशिक्षामा उहि बिकराल दाईंजोको छ ।

 

मधेशबाट सबैले देखिने गरि व्यापक दाईंजोको रूप उपत्यका र पहाडमा सबै समुदायमा नगदबाट कार, मोटरसाईकल, गरगहना, पलंग, जमीन आदि लिने जिन्सिसम्म पुगिसक्यो । कानूनले वर्जित गरिसकेको अवस्थामा पनि शिक्षित डाक्टर/ईञ्जिनियर तथा महंगो पढाई पढेका भनिएकाहरूले पनि लिन्छन् किनकि पढाईको खर्च उठाउन खोज्छन् । व्यवसाय चलेन भने र पढाइ अनुसारको “सामाजिक प्रतिष्ठा” धान्नलाई घर, कार किन्दा सोवापत पैसा विवाहबाट उठाएको पाईन्छन् । जसमा राज्यले महंगो शिक्षा प्रदान गरेको तथा देशको सरकारी जागिरमा पारदर्शिता नरहि अयोग्यले पनि पसेर भ्रष्टाचार गर्न पहिला जागिरमा पस्नलाई घूस दिने अब त्यो विवाहबाट असूल्ने धेरैले सोच पलाएको हुन सक्नेलाई कारण मान्छन् । अर्थात्, सरकारले सुशासन र पारदर्शिता अपनाईरहेको परिवेशमा अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ, खासगरि नेपाली समाज र मधेशलाई त्यसभित्र राम्ररी हेर्ने हो भने ।

 

मधेशबाट सबैले देखिने गरि व्यापक दाईंजोको रूप उपत्यका र पहाडमा सबै समुदायमा नगदबाट कार, मोटरसाईकल, गरगहना, पलंग, जमीन आदि लिने जिन्सिसम्म पुगिसक्यो । कानूनले वर्जित गरिसकेको अवस्थामा पनि शिक्षित डाक्टर/ईञ्जिनियर तथा महंगो पढाई पढेका भनिएकाहरूले पनि लिन्छन् किनकि पढाईको खर्च उठाउन खोज्छन् । व्यवसाय चलेन भने र पढाइ अनुसारको “सामाजिक प्रतिष्ठा” धान्नलाई घर, कार किन्दा सोवापत पैसा विवाहबाट उठाएको पाईन्छन् । जसमा राज्यले महंगो शिक्षा प्रदान गरेको तथा देशको सरकारी जागिरमा पारदर्शिता नरहि अयोग्यले पनि पसेर भ्रष्टाचार गर्न पहिला जागिरमा पस्नलाई घूस दिने अब त्यो विवाहबाट असूल्ने धेरैले सोच पलाएको हुन सक्नेलाई कारण मान्छन् । अर्थात्, सरकारले सुशासन र पारदर्शिता अपनाईरहेको परिवेशमा अझ धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ, खासगरि नेपाली समाज र मधेशलाई त्यसभित्र राम्ररी हेर्ने हो भने ।

 

मधेशमा दाईंजोको विकृति अवश्यपनि भारतीय समाजबाट आयातीत हो । जहाँ आजपनि कानूनलाई छलेर दुलहा डाक्टरलाई कमलको पुष्प (Lotus), ईञ्जिनियरलाई गुलाफको फूल (Rose) क्याटेगरी तथा व्यापारी, सरकारी जागिरेलाई यस्तै विभिन्न क्याटेगरीमा विभाजन गरि सबभन्दा बढी लोटस दुलहाको दाईंजो रेट गरि असुलिन्छ, मानवताको शर्मशार तर उनिहरूले पढाईखर्च आर्थिक बाध्यता भन्छन् !

 

मधेश वा नेपाली समाजमा दाईंजोप्रति कस्तो विकृतिपनि पाईन्छन् भने एऊटै परिवारमा छोरा र छोरी छन् भने पहिला छोरीको विहेमा दाईंजोविरोधी “चर्को अभियन्ता” भई मुफ्तमा विहे गर्छन् तर छोराको विहेको बेला “अभियन्ता”को जागिरबाट “रोगविशेष” ले मुक्तिपाएर मोटो रकम असुलिन्छ । कति जनाको केसमा त के देखियो भने जनकपुर-महोत्तरी कायस्थ जातिमै पनि जुन उच्च जात र साक्षर मधेशमा गनिन्छन् कि कति क्रिष्टल जस्तो सफा मनको केटोले एक सुको दाईंजो लिन चाहेनन्, बलजफ्ति भिडाईयो, केटा सरकारी जागिरदार रहँदा केटी सबै विषयमा अनिवार्य विषयमा जस्ट पासबाहेक अनुतिर्ण, आफ्नो खानासमेत नपकाउने अल्छिलाई ईञ्जिनियर केटीभनेर भिडाईयो र भिडाउनेमा राजनैतिक दलकै नेताको संलग्नता पाईयो । किनकि केटी पक्षको घरमा नेताको सम्बन्ध पहिलादेखि कसैको विहेभएर गाँसिएको छ र उसले यहि “गुण तिर्न”लाई अल्छी, बद्मास तथा पढ्नमा अक्षम केटीलाई राम्रो केटा आर्थिकरूपले कमजोरसँग विभिन्न अर्थमा बेमेल विवाह हुन भिडाईयो । जसमा नेताले सूचना केटीबारे लुकायो कि केटीको मनपर्ने ब्वायफ्रेण्ड परजातमा अर्कै छ ! फलस्वरूप विवाह त टिकेन नै अब त्यस नेतालाई के गर्ने कानूनले जो मेरो संलग्नता कानूनी ढंगले छैन भन्दै उल्टै “समाजसेवा”मा लागेका छन् ? यहाँ दाईंजोको नाममा ढाकछोप, पारदर्शिता नअपनाउने र केटाको स्वयंको विवाहमा लाजले अगाडि बढ्न अप्ठ्यारो अवस्थामा उसको बुवा नभएको नाजायज फाईदा उठाएर दाइ-भाईसमेतलाई अलग पारेर झुक्याएको अवस्था छ ।

 

उपसंहार

सुन्दरता मापनको कुनै तराजू संसारमा र कुनै मानक (ढक) बनेको छैन । अर्थात्, यो मान्छेको मनले ठहर्‍याउने विषय हो कि कसैको कुन कुरा, गुणले, व्यवहारले, लुगाले, वक्तव्य आदिले म सुन्दर वा कुरूप भन्ने हो । यस सुन्दरतालाई व्यापक अर्थमा नबुझिकन केवल शारीरिक आकर्षणमा सिमित राखेर अब स्वार्थवश थप कुरा विवाहको बेला केटा पक्षले केटी पक्षबाट माँग्नु वा पाउने मनसुबा (आशा) पालेर बस्नु नै केटातर्फका त्रुटि असफल विवाहको कारण हो र दाईंजोले जडो गाड्ने कारण हो । त्यस्तै, केटी पक्षले पनि केटा सरकारी जागिर भएको र आर्थिक सम्पन्नता भएकै केटा खोज्ने, आफ्नी कन्या हरेक विषयमा कक्षामा ठ्याक्कै उतिर्ण (Just pass) भएपनि वा ब्याकलागेको भएपनि विवाहको बेला केटालाई सूचना नदिने, झुक्याउने, धेरै तेज तथा राम्रो अंकले उतिर्ण केटा खोज्नु, विवाह अघिको केटाको चरित्र केरकार गर्ने तर केटीको चरित्रबारे नबोल्दिने, केटा मिहिनेती खोज्ने तर केटी भने दिनभरी मोबाईल चलाउने र टिभि सिरियल हेरेर बस्ने तर खानासमेत राम्ररी नपकाउने, जायज कामहरू गर्न नसक्ने र होटलबाट मँगाएर खाने कारणहरू छन् । त्यस्तै, अन्य कारणमा कति केटी पक्षले विवाहपछि केटाको आमाबुवासँग नै सम्बन्ध टुटाएर आफ्नो पूर्ण पकडमा कब्जामा राख्न खोज्ने वा केटीलाई केटाले पूर्ण नियन्त्रणमा लिने जस्ताहरू माथिको विश्लेषणबाट थाहा पाईन्छ । मुख्य कुरो हो स्वतन्त्रताको नाममा पराकाष्ठामा पुगेर समाज, कुल, खान्दान, घर, परिवारको मर्यादा नबुझेर छाडापन केटा वा केटी कसैले देखायो भने अर्को पक्षले प्रश्न उठाउँछ र घरमा कलह बढ्छ । विवाह आर्थिक समानतामा भयो भने टिकाउ तुलनात्मकरूपमा हुन्छ किनकि आर्थिक समानता हुँदा केटा वा केटी कसैले हेप्ने वा विभेद गर्ने पाटो सकिन्छ, यससँगै पढाईलगायत शारीरिक रंग आदिको समानता, सोच्ने क्षितिज/दायरा फराकिलोको समानता केटा-केटीमा भए भने अझ सुनमा सुगन्ध थपिने जस्तो हुनेछ । तर परम्परागत (Arranged marriage) मा परिवारद्वारा यति कुरा मिलाउन आजको व्यस्त जमानामा गाह्रो हुने देखिन्छ भने केटा र केटीले नै सामुमा बसेर मन र दिल खोलेर इमानदारी साथ विहे अघि अभिभावककै सामुमा अलि पर कुराकनी गर्न सिमित दायरा समाजले बढायो भने अझ सरल हुनेछ जस्तो लाग्छ । जुन कुरा समाज मनोविज्ञानमा भरपर्छ, व्यक्तिको सोचमा भरपर्छ । अत: दाईंजो गैह्रकानूनी हो नै साथै सफल विवाहको लागि विवाहको बेला पारदर्शिता अपनाउने र गोरो-कालो जस्तो भएपनि सुन्दरताको परिभाषा व्याापक बनाएर अरू गुणमा पनि सन्तोष गरेर जानू उचित देखिन्छ । जीवनमा सबैथोक मनले चाहेर सबैले पाउन सकिंदैन ।

 

(समाजशास्त्रमा उच्च शिक्षा प्राप्त लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...