YouTube Link

सिआइबीले लियो पूर्वप्रधानमन्त्री माधव नेपालसँग बयान

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: ललिता निवास जग्गा प्रकरण मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बयान लिएको छ ।

 

सोमबार बेलुका सिआइबीमा नेता नेपालसँग तीन घण्टा लामो बयान लिइएको हो । यूरोप भ्रमणमा रहेका नेता नेपाल सिआइबीले बयानमा बोलाएपछि भ्रमण छोट्याएर सोमबार बिहान नेपाल फर्किएका थिए । सिआइबीले उनलाई बेलुका बोलाएर बयान लिएको हो ।

 

बयानमा नेता नेपालले भौतिक योजना मन्त्रालयबाट आएको प्रस्ताव अनुसार असल नियतले बिशिष्ट व्यक्तिको निवास विस्तार सम्बन्धि नीतिगत निर्णय गरेको बताएका छन् । नेता नेपाल २०६६/६७ सालमा प्रधानमन्त्री रहेको बेला बिशिष्ट व्यक्तिको निवास विस्तारका नाममा ललितानिवास परिसरको जग्गा नक्कली मोहीलाई दिएर हिनामिना भएको थियो ।

 

सिआइबीले आइतबार पूर्वमुख्यसचिव लिलामणी पौडेलसँग बयान लिएको थियो । त्यस्तै, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग मंगलबार बयान हुने सम्भावना छ । भट्टराईलाई पनि सिआइबीले बयानमा बोलाइसकेको छ । उपत्यका बाहिर पार्टीका कार्यक्रममा व्यस्त भएको भन्दै भट्टराईले मंगलबार वा बुधबार उपस्थित हुने जानकारी गराएका छन् ।

 

ललिता निवासको करिब एक सय ४० रोपनी जग्गा हिनामिनामा सिआइबीले कीर्ते तथा संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले यो प्रकरणमा नीतिगत निर्णयमा संलग्नलाई पनि अनुसन्धानको दायरामा ल्याउन गत साता निर्देशन दिएपछि सिआइबीले पूर्वप्रधानमन्त्रीहरुसँग पनि बयान लिन थालेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...