Rajshow Bivag

वास्तु अनुसार बाख्रापालन व्यवसायबाट कसरी धेरै आम्दानी गर्ने ?

Departmant of helth services
vision

यो ब्रह्माण्ड, पृथ्वी, हाम्रो शरीर, हाम्रो कर्म क्षेत्र सबै पञ्च तत्वबाट बनेको हुन्छ । पञ्चतत्व भन्नाले जल, जमिन, वायु, आकाश र अग्नि तत्वलाइ बुझिन्छ । हरेक संरचना निर्माण गर्दा वास्तु मिलाउनु पर्दछ । जसरी व्यवसाय गर्दा हामीले आफ्नो दाजुभाइ, इष्टमित्र, बैंक, सरकार आदिको साथ सपोर्ट खोजेर काम सुरु गर्छौं त्यस्तै वास्तु भनेको प्रकृतिको साथ एवम् सपोर्ट हो ।

हाम्रो निर्माण गर्ने संरचनामा पञ्च तत्वको सन्तुलन मिलाउन सकेमा मात्र प्रकृतिको सपोर्ट मिल्छ र व्यवसाय सोचेअनुसारको राम्रो हुन्छ । आज म पशुपालन अर्थात बाख्रापालन गर्दा बास्तु अनुसार कसरी व्यवसाय गरियो भने धेरै नाफा कमाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछु ।

हामीले बाख्रापालनको लागि संरचना बनाउँदा वास्तु अनुसार निर्माण गर्दा र विना वास्तु आफूखुसी खोर निर्माण गर्दा लाग्ने खर्च/ लागत एउटै हो । खोर बनाउँदा हामीले थुप्रै लगानी गरिन्छ साथै स्थानीय पालिकामा नक्सापास गर्दा अथवा बैंकबाट लोन लिँदा अथवा नेपाल सरकारको अनुदान लिनको लागि नक्सा अनिवार्य चाहिन्छ । हामीलाई हाम्रो खोरको नक्सा चाहिन्छ तसर्थ खोर आफूखुसी बनाएर पछि नक्सा बनाउनुभन्दा निर्माण कार्य सुरु गर्नु अगाडि गुरुयोजना सहितको वास्तु अनुसारको नक्सा डिजाइन गरेर खोर बनाउँदा काम गर्न राम्रो, सजिलो, साथै वास्तु मिलेको खोर बन्दछ साथै त्यही नक्साले बैंक मूल्याङ्कन कार्य र सरकारको अनुदान लिने काम पनि सजिलो हुन्छ । वास्तु अनुसार निम्नानुसार रहनेगरी खोरको व्यवस्थापन गरियो भने धेरै मुनाफा आर्जन गर्न सकिन्छ ।

 

हामीले बाख्रापालनको लागि संरचना बनाउँदा वास्तु अनुसार निर्माण गर्दा र विना वास्तु आफूखुसी खोर निर्माण गर्दा लाग्ने खर्च/लागत एउटै हो । खोर बनाउँदा हामीले थुप्रै लगानी गरिन्छ साथै स्थानीय पालिकामा नक्सापास गर्दा अथवा बैंकबाट लोन लिँदा अथवा नेपाल सरकारको अनुदान लिनको लागि नक्सा अनिवार्य चाहिन्छ । हामीलाई हाम्रो खोरको नक्सा चाहिन्छ तसर्थ खोर आफूखुसी बनाएर पछि नक्सा बनाउनुभन्दा निर्माण कार्य सुरु गर्नु अगाडि गुरुयोजना सहितको वास्तु अनुसारको नक्सा डिजाइन गरेर खोर बनाउँदा काम गर्न राम्रो, सजिलो, साथै वास्तु मिलेको खोर बन्दछ साथै त्यही नक्साले बैंक मूल्याङ्कन कार्य र सरकारको अनुदान लिने काम पनि सजिलो हुन्छ । वास्तु अनुसार निम्नानुसार रहनेगरी खोरको व्यवस्थापन गरियो भने धेरै मुनाफा आर्जन गर्न सकिन्छ ।

१) अन्तर्राष्ट्रिय बाख्रापालनको मापदण्डअनुसार १५ बाख्रालाई ९०० वर्गफिट जमिन चाहिन्छ‌ । आफ्नै जग्गामा खोर बनाउन लागेको हो भने नक्सा वास्तुअनुसारको बनाउने यदि भाडामा लिएर बनाउन लागेको हो भने व्यवसाय र जग्गाको सन्तुलन छ कि छैन वास्तु चेक गरि राम्रो भएमा मात्र व्यवसाय अगाडि बढाउने । कृषि व्यवसायको निर्माण संरचना थाल्नुअघि त्यहाँको माटो वास्तु अनुसार के कस्तो छ चेक गर्ने ।

२) निश्चित जग्गा ओगटेर संरचना बनाउँदा एउटा मुख्य द्वार अथवा गेट र बाहिरी पर्खाल बनाउने गरिन्छ । मुख्य द्वार/गेट भनेको हाम्रो बाहिरी ब्रह्माण्डिय वातावरण र भित्री हामीले बनाएको संरचनालाई जोड्ने रेखा हो जसको वास्तुमा एकदमै महत्वपूर्ण भूमिका रहन्छ । जम्मा ३६० डिग्रीमा हेर्दा मुख्यद्वार ३२ वटा हुन्छ र हरेक ढोकाको आफ्नै राम्रो र नराम्रो फल छ । शुभ दिशामा नभएमा राम्रो व्यवसाय भनेर भन्न मिल्ने अवस्था रहँदैन दक्षिण-पश्चिम दिशामा झुक्किएर पनि गेट राख्नुहुँदैन ।

३) पुरै बाहिरी पर्खाल निर्माणगर्दा दक्षिण पश्चिमको भाग अर्थात् पृथ्वी तत्वको भागमा अन्यत्रको तुलनामा केही अग्लो बनाउनुपर्दछ । पर्खाल लगाइसकेपछि संरचना बनाउँदा पूर्व र उत्तर दिशा तर्फ बढि जग्गा रहने गरी संरचना निर्माण गर्नुपर्दछ ।

४) बाख्रापालनलाई आवश्यक सुपर नेपियर, नेपियर, इपिल इपिल, किम्बु, बदामे घाँस, भटमासे, टाँकी, कोइरालो निमारो, राई खन्यो, खन्यु आदि जातका घाँसहरु पूर्व वा उत्तरतर्फ रोप्ने गरी जग्गाको व्यवस्थापन गर्नुपर्दछ । पूर्व र उत्तरतर्फ घाँसहरु रोप्दा तपाईंको समाजसँगको सम्बन्ध मजबूत हुन्छ र बढी अवसरको सृजना हुन्छ ।

 

५) बाख्रापालनको लागि खानेपानीको स्रोत इनार धारो आदि भूमिगत पानी उत्तरपूर्वतर्फ हुनु पर्दछ । विभिन्न भागहरुमा पानी सप्लाईगर्न बनाइने टंकी अर्थात् स्ट्याण्ड राखेर माथि उठाएर राख्ने पानीटंकी दक्षिण पश्चिममा हुनुपर्दछ। भूमिगत पानी जल तत्व र छतको पानी पृथ्वि तत्व अन्तर्गत पर्दछ ।

६) जमिनको पानीको स्रोत दक्षिणपूर्व भएमा त्यो व्यवसायबाट आर्थिक घाटा हुन्छ । दक्षिण दिशामा भएमा लगातार खर्च बढी रहन्छ । दक्षिण-पश्चिम दिशामा छ भने पाट्नरसिपमा गरेको व्यवसायमा मनमुटाव उत्पन्न भई ब्यवसाय बन्द गर्नुपर्ने स्थिति आउँछ । स्ट्याण्डमा राखिने पानीटंकी ठिक उत्तर दिशा भएमा तपाईंको व्यवसायले ग्राहक नपाउने, बजार नपाउने समस्या हुन्छ ।

७) तपाईंको खोरको ठीक मध्यभाग (ब्रह्मा स्थान) बाट दक्षिणपूर्व को २२.५ डिग्रीमा अग्नि तत्वको दिशा सन्तुलन नभएमा उधारो कारोवार बढी हुन्छ । उत्तरतर्फ सन्तुलन नभएमा तपाईंको उत्पादित वस्तुले ग्राहक पाउने सम्भावना कम हुन्छ र पश्चिम दिशाको२२.५ डिग्रीमा आकास तत्वको जोन सन्तुलन छैन भने व्यवसायबाट हुने नाफा कम हुन्छ । सन्तुलन भनेको सम्बन्धित दिशामा anti object, anti color, anti activity नहुनु, anti direction को तत्व प्रवेश नहुनु भन्ने बुझ्नुपर्दछ ।

८) उक्त कम्पाउन्डभित्र मान्छेले प्रयोग गर्ने शौचालय बनाउँदा दक्षिण दक्षिण-पश्चिम र पश्चिम उत्तर-पश्चिममा मात्र बनाउनु पर्दछ । यो कुन दिशा भनेर बुझ्नको लागि तल दिईएको 16 Direction chart को फोटो हेरेपछि प्रष्ट हुन्छ ।

९) यदि कामदार राख्ने हो भने कामदार बस्ने घर लडको उत्तरपश्चिम वा पश्चिम दिशामा बनाउनुपर्दछ । यसोगर्दा कामदारले मनदेखी व्यवसायमा ध्यान दिएर काम गर्ने र काम छाड्न्ने सम्भावना कम हुन्छ ।

१०) यदि ब्यवसाय गर्न बैंक लोन ऋण लिएको छ भने तपाईंको ऋण सम्बन्धीका कागजपत्रहरु सेतो झोलाभित्र उत्तर-पश्चिम दिशा अर्थात् आकास तत्वको जोनमा राखेमा तपाईं छिटो ऋणबाट मुक्त हुनुहुन्छ । बैंकको ऋण सम्बन्धि काजतपत्र दक्षिण-पश्चिममा छ भने बैंकको ऋण पठाउन गाह्रो हुन्छ कारण दक्षिण-पश्चिम पृथ्वी तत्व हो जुन स्थिर हुन्छ ।

११) उत्तर उत्तर- पूर्वको २२.५ डिग्री स्वास्थ्य सम्बन्धि जोन भएकोले त्यो दिशामा बाख्राको जुत्तो (मल) राख्ने ठाउँ बनाउनुहुँदैन। त्यो दिशामा बिजुलीको मिटरबक्स/ जेनेरेटर राख्नुहुँदैन । यदि भएमा स्वास्थ्यमा गडबडी भई समस्या उत्पन्न हुन्छ र रोगी हुन्छ ।

१२) नेपाल उत्तरी गोलार्द्धमा पर्ने देश हो र उत्तर पूर्वतर्फ पृथ्वी २२.५ डिग्री ढल्केको छ जसले गर्दा वायो उर्जा र भू चुम्बकिय उर्जा यो दिशाबाट प्रवाह हुन्छ । तपाई जुन धर्म मान्नुहुन्छ त्यो धर्मसँग सम्बन्धित फोटो या मन्दिर यो उत्तरपूर्व दिशामा राख्दा शुभ हुन्छ । वास्तु अनुसार उक्त जोनले मान्छेमा सकारात्मक सोचको विकास गराउँछ । उत्तरपूर्व दिशामा तुलसी र अमलाको बिरुवा रोप्दा त्यसको स्वच्छ हावा हाम्रो सम्रचनातर्फ प्रवेश गरी वातावरण समेत सोच्छ बनाउँछ, सकारात्मक सोचको विकास गर्छ ।

१३) बाख्राले तीन महिनासम्म माउको दुध खान्छ र त्यसपछि त्यो पाठापाठीलाई creep feeding अर्थात घाँस दाना खुवाउन शुरु गरिन्छ । त्यसको लागि पूर्व दिशामा पाठापाठी राख्नेगरी खोरको व्यवस्थापन गर्नुपर्दछ जसले गर्दा बाख्रा छिटो बढ्छ ।

१४) बाख्राको बढ्काउला (मल)बाट निस्किने ग्याँसहरु sulfur dioxide, mithin, ammonia, Hydrogen sulfide ले असर पार्नुका साथै गर्भवती बाख्रालाई तुहाई दिने हुँदा मापदण्डअनुसार बाख्रा बस्ने टाँड जमिनभन्दा कम्तीमा ९० से.मी. उठाउन पर्छ । यसरी उठाउँदा दक्षिण पश्चिमको तुलनामा पूर्व उत्तरतर्फको भाग नगन्ने थोरै होचो बनाएमा वास्तुअनुसार बढी राम्रो हुन्छ । उच्च भागले जल तत्व र अग्लो भागले पृथ्वी तत्वको प्रतिनिधित्व गर्दछ ।

१५) बाख्रापालन गर्ने किसानले यदि आफै बोका राख्ने हो भने र बाख्रामा हाडनाताको सम्बन्ध अर्थात inbreeding हुन नदिन तीन महिना पुगेपछि छुट्टाछुट्टै राख्नुपर्छ । यसरि छुट्टाछुट्टै राख्दा बोकालाई north north west दिशामा राखिएमा त्यो बोकाबाट बढि फाइदा लिन सकिन्छ । उक्त जोन attraction को जोन हो ।

 

 

१६) तयारी अर्थात् बजारमा पठाउने बेच्ने अवस्थामा रहेका बाख्राहरुलाई उत्तर-पश्चिम र उत्तर उत्तर-पश्चिममा दिशामा रहने गरी खोरको डिजाइन गर्नु पर्दछ जसले गर्दा बाख्रा छिटो बिक्री र राम्रो मुनाफा प्राप्त हुन्छ । बाख्रा प्रजनन् देखि बिक्रीसम्म खोरलाई उत्तरबाट clockwise हुदै दक्षिणबाट उत्तर उत्तर-पश्चिम रहनेगरी खोरको डिजाईन गर्नुपर्दछ ।

१७) ज्वरो आउने, पेट फुल्ने, lotin, मासे रोग, अचानक झोक्र्याउने, थुनेलो, दुध सुक्ने, खोरेत, खुट्टा खुम्च्याउने, जुका, नामले, गोलो नामले लगायतका रोगहरु बाख्रालाई बढि मात्रामा लाग्ने गर्दछ । यी रोगहरूको लागि ल्याइने औषधिहरु गोठको उत्तर उत्तर-पूर्व अर्थात् स्वास्थ्यको जोनमा राखेमा त्यो औषधीको सकारात्मक प्रभाव बढी भई रोगी बाख्राहरु छिटो निको हुन्छ ।

१८) विद्युतीय मेसिनहरु, बिजुलि मिटर, जेनेरेटर ट्रान्फरमरहरु दक्षिणपूर्व र उत्तरपश्चिम दिशामा राख्नु राम्रो हुन्छ । उत्तरपूर्वमा राखेमा अचानक दुर्घटना हुनसक्छ ।

१९) हामीले लगाएको घाँसहरुमा सिंचाई प्रविधिको लागि पाइप लाईनहरु जमिनमुनिनै गाडेर आफै बिरुवाले पानी लिने प्रविधि अपनाउँदा पानी दक्षिणतर्फबाट उत्तर तर्फ बग्ने गरी प्रबन्ध मिलाउनु पर्दछ ।

२०) फर्मको नाम राख्दा तपाईंको कृषि क्षेत्रसँग सम्बन्धित नक्षत्रसँग मिल्नेगरी राख्नुपर्दछ । तपाईले राखेको फर्मको नाम कृषि क्षेत्रको शत्रु ग्रहसँग मिल्न गयो भने मिहिनेत अनुसारको फल प्राप्त हुँदैन । प्रायले आफ्नै नामबाट वा छोराछोरीको नाम आदिबाट फर्मको नाम राखेको भेटिन्छ यदि त्यो नामबाट जुर्छ भने राख्नुस् नत्र अरुनै अक्षरबाट सुरु गर्नुपर्दछ । सौर्यमण्डलमा रहेका ग्रह र ताराहरुमध्ये शनिग्रहले कृषि क्षेत्र र कर्मको प्रतिनिधित्व गर्दछ जसलाई कृषिकर्मको राजा पनि भनिन्छ । प्रीथ्वीबाट १.५ बिलियन कि.मि. टाढा रहेको नवग्रहहरुमा सबैभन्दा टाडाको चिसो अध्यारो ग्रह शनि हो । तपाईंको जन्मकुण्डलीमा रहेको दसौं भावले तपाईंको काम देखाउँछ । जसरी पृथ्वीले सूर्यलाई परिक्रमा गर्न एक वर्ष लाग्दछ त्यसरीनै शनी ग्रहले २९ वर्ष लगाउँदछ । यो ढिलो हिड्ने ग्रह हो यसको नकारात्मक प्रभाव तपाईंमा पर्दा व्यवसायको प्रगतीमा ढिलाई हुनसक्छ यसको लागि तपाईंको व्यवसाय रहने ठाउँमा रहेको पश्चिम दिशाको २२.५ डिग्री भागमा शौचालय हुनुहुँदैन । यदी भएमा वास्तु उपचार गर्नुपर्दछ । यो दिशामा शौचालय हुँदा तपाईले जति कर्म गर्नुहुन्छ त्यही अनुसारको फल प्राप्त हुँदैन ।

 

 

यदि व्यवसाय गरिरहनु भएको छ र उचित नाफा भएको छैन भने वास्तुअनुसार आफ्नो फर्मको बिना तोडफोड पंचतत्वलाई सन्तुलन गराएर फर्मको वास्तु मिलाउन सकिन्छ जसले गर्दा धेरै आम्दानी गर्न सकिन्छ । वास्तु विज्ञान हो यो कुनै जात धर्मसँग सम्बन्धित हुँदैन । यदि नयाँ व्यवसाय सुरु गर्दै हुनुहुन्छ भने सुरुमै वास्तु मिलाएर सुरु गर्नुहोस् र व्यवसाय गरिरहनु भएको छ तर राम्रो सफलता प्राप्त गर्न सक्नु भएको छैन भने फर्मलाई तोडफोड नगरिकनै वास्तु मिलाएर धेरै राम्रो आम्दानी गर्न सकिन्छ ।

(लेखक वास्तुविद, सिभिल इन्जिनियर एवम् नेपाल ज्योतिष परिषदको केन्द्रीय सदस्य हुनुहुन्छ ।)

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

युएईसँगको हारसँगै नेपाल सेमिफाइनलबाट बाहिरियो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:०८

  काठमाडौं: नेपाल ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको...

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिन निजी विद्यालयलाई महानगरको निर्देशन

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२९

  काठमाडौं: निजी विद्यालयहरूलाई विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त...

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

महिला फुटबलर प्रिती राई सम्मानित (फोटोफिचर)

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२४

  काठमाडौं: प्रतिनिधिसभाका उप-सभामुख माननीय इन्दिरा रानामगरद्वारा महिला राष्ट्रिय टिमका...

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०९:४४

  काठमाडौं: साविक विजेता नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका...

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

देउवा-नेपालबीच गोप्य भेटवार्ताले सत्ता समीकरणमा तरंग

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:४०

  काठमाडौं: वर्तमान सरकारमा असन्तुष्ट रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...