YouTube Link

प्रधानमन्त्रीलाई खुल्लापत्र, अलपत्र नगरिकको उद्धार गर

Facebook Link
vision

सम्पुर्ण नेपालीमा मेरो हार्दिक नमन एबम् न्यानो जय नेपाल !

डिसेम्बर १९ देखि चाइनाको वुहान सहरबाट फैलिएको कोरोना कोभिड-१९ अहिले विश्वका २१० देशहरुमा फैलिसकेको छ । हाल यो भाईरस मानव जगतकै एतिहासिक महामारी बनिसकेको छ । नेपालमा पनि कोरोनाको संक्रमण ३१ पुगिसकेको छ । शैभाग्य मान्नुपर्छ कि नेपालमा कोरोना संक्रमणबाट कसैले ज्यान गुमाउनु परेको छैन । तर बिदेशमा भने नेपाली पनि यस महामारीका सिकार बनि सकेको अवस्था छ । छिमेकी देश भारत र चीनले ठूलो मनवीय क्षेती बेहोरी रहेका छ्न् । पछिल्लो समय चीनले यसलाई नियन्त्रण गरे पनि भारतमा भने भयावह स्थिति छ ।

नेपालमा पनि भारतको प्रभाव पर्ने हुँदा सरकारले देशका सबै नाका बन्द गरेको छ । देशभर पूर्ण रुपमा लकडाउन गरि लकडाउनको मिति पटक-पटक सारिरहेको छ । मन्त्रीपरिषदको बैठकबाट फेरि बैशाख १५ सम्म लकडाउन मिति बढाएको छ । बढाएको लकडाउनको मिति स्वागत योग्य छ । लकडाउनलाई हामीले पुर्ण पालना गरि आफू र अरुलाई सुरक्षित राख्न जरुरी छ ।

सरकारले गत बर्ष चैत ११ गते देखि डाउनको निर्णय घोषण गर्योक तर एक्कासी कुनै ब्यबस्थापन बिना नै लकडाउन गर्दा प्रधानमन्त्री ज्युलाई लकडाउन कहाँसम्म र कति समयसम्म गर्नुपर्ने स्थिति आउँछ भन्ने कुराको केही हेक्का नै भएन ।

तर सरकार लकडाउन मिति तय गर्न र बढउनमा मात्रै सिमित रह्यो । सम्माननिय प्रधानमन्त्री ज्यु निरीह हुनुभो, संकीर्ण हुनु भो, जिम्मेवार बिहिन हुनुभयो । प्रधानमन्त्री केपि ओली ज्यु र उहाँको दुई तिहाई सरकारलाई मैले यो संकटको बेला त्यसै यति ठूलो आरोप लगाईरहेको छैन । यसको पछाडि केहि कारण छ यथार्थता पनि छ ।

सरकारले गत बर्ष चैत ११ गते देखि डाउनको निर्णय घोषण गर्यो तर एक्कासी कुनै ब्यबस्थापन बिना नै लकडाउन गर्दा प्रधानमन्त्री ज्युलाई लकडाउन कहाँसम्म र कति समयसम्म गर्नुपर्ने स्थिति आउँछ भन्ने कुराको केही हेक्का नै भएन ।

यसरी गरिएको निर्णयले देशमा कोरोना भन्दा पहिले नै लकडाउन कै कारण भोकमरीको अवस्था सिर्जना भएर कैयौं गरिब जनताले भोक-भोकै देह त्याग्नुपर्ने स्थितको प्रधानमन्त्री ज्युले अनुमान पनि गर्नु भएन । उहाँले अनुमान लगाउन नसकेर, नबुजेर पनि होईन, उहाँ गरिबका निम्ति अन्धो भइसक्नु भो उहाँ गरिबलाई देख्नु नै हुदैन । किन कि उहाँले अब आफू जस्तै सुकिला मुकिला, हुनेखानेलाई मात्रै देख्नु हुन्छ ।

सर्बहाराको नारा बेचेर आफू नेतृत्वमा पुगेको र दुई तिहाईको कम्युनिस्ट सरकार निर्माण गरेर आज तिनै सर्बहाराका निम्ति प्रधानमन्त्री र दुई तिहाईको यो सरकार अन्धो बनेको छ । आज तिनै सर्बहारा गरिब जनताको नाममा राजनीति गरेको यो सरकारले देखिरहेको छैन । हजारौं विद्यार्थीहरु, श्रमिकहरु, दैनिक ज्यालादारहरु देश्को राजधानी र मुख्य मुख्य सहर अलपत्र छन् ।

देशमा लकडाउन हुँदा यस्ता निम्न वर्गका जनताहरु परिवार भन्दा टाढाको सहरमा भएकाले उनीहरुमा पर्ने प्रभावको अवस्था नै भएन प्रधानमन्त्री ज्युलाई । आज उनीहरुसँग खाना पकाउ ग्यास छैन, खाद्यान्न सामग्री छैन, बस्नका लागि घरभाडा दिने पैसा छैन । सरकारले घरभाडा नलिन आग्रह गरेपनि घरबेटीहरुले पर्याप्त भाडा लिरहेका छन् । यति मात्रै नभएर सडक पेटीमा सम्म बस्ने स्थित छैन, सडकबाट सुरक्षाकर्मीहरुले लखेटिरहेका छ्न् ।

अब भन्नुहोस् प्रधानमन्त्री ज्यु कहाँ जाने ती अलपत्र नागरिक ?

दु:खका साथ भन्दै छु, शक्तिशाली सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यु तपाई मानवजाति कै एक भवना रहित ब्यक्ति हुनुहुदोरहेछ । साँच्चिकै भन्ने हो भने तपाई नेपालको राजनीतिक परिवेशमा उत्ताउलो पात्र हुनुहुदोरहेछ । जनतालाई उखान, टुक्का, गजल, कविताबाट उत्तेजित गरि भ्रममा पारेर जनता झुक्याउदै सत्ता कब्जा गर्ने निच, अहंकारी, तानाशाही प्रबृत्तिको हुनुहुँदो रहेछ ।

तपाईंका ती अभिव्यक्ति कति तुच्छ रहेछन् `जनतालाई घर घरमा बसी बसी खान दिनेछु, बसी बसी लाउन दिने छु जस्ता तपाईंका अभिव्यक्ति केवल भाषण मात्रै सुनिए । यदि साँच्चै अभिव्यक्तिलाई व्यवहारमा उतार्न चाहनुहुन्छ भने ती अलपत्र रहेका नागरिक र गरिब दिन दु:खी जनताको नैसर्गिक अधिकार गाँस, बास, कपासको जोहो गरि दिनुस् । अब नियत फेर्नुस् यो महामारीको बेला स्वास्थ सामाग्रीमा भैइरहेको भ्रष्टाचारी चिनी दिनुस्, आफ्नै पर्यो भनेर अँखा नचिम्लाउनुस, जिम्मेवार बन्नुस ।

जनता रहे, देश रहने हो, देश रहे पो प्रधानमन्त्री पनि रहने !

हामी आम जनता पनि सचेत नागरिक बनौ,
घरमै बसौ, बाहिर निस्कने अति आवश्यक काम परे,
मास्क लगाएर, समाजिक दुरी कायम गरि काम गरौ !
आफू बाँचौ अरुलाई नि बचाउ !

प्रार्थना गरौ पशुपतिनाथसँग संसारलाई नै चाडै छुटकारा मिलोस यो कोरोना भाईरस “कोभिड-१९” बाट !!

मानव जिवनको जित होस् !!!

(लेखक नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसका नेता एवम् निवर्तमान जिल्ला सदस्य)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

चुनौती चिनेको नेपाल प्रहरी त्यसलाई जराबाटै चिरेर अपराधको पहाड बन्न नदिन शतर्क

वि.सं.२०८३ साउन २४ आइतवार १२:०१

तस्वीरमा नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...