YouTube Link

कोरोना भाईरसका कारण भारतीय आई लिग रद्ध, मोहन बगान च्याम्पियन

Facebook Link

एजेन्सीः कोरोना भाईरसका कारण भारतीय आई लिग रद्ध गरिएको छ । कोरोना संक्रमणबाट बच्न भारतमा देशभर जारी रहेको लकडाउनका कारण आईलिगका बाँकी खेललाई रद्ध गर्दै मोहन बगानलाई नयाँ च्याम्पियन घोषणा गर्न सिफारिस गरिएको हो ।

आई लिग कमिटिको शनिबार बसेको बैठकले लिग पुन सुरु नगर्न र मोहन बगानलाई च्याम्पियन बनाउन निर्णय गर्दै भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई पत्र लेखेको छ । कोरोनाका कारण भारतमा लकडाउन मे ३ सम्म लागु हुनेछ ।

मोहन बगानले चार चरणको खेल अगाडिनै उपाधि आफ्नो नाममा लेखाएको हो । सरकारी निर्देशन अनुसार मार्च १४ सम्म लिग स्थगित गरिएको थियो । लिग अगाडि मोहन बगानको १६ खेलबाट ३९ अंक जोडेको थियो । ईस्ट बंगाल र मिनरवा पञ्जावको समान २३ अंक रहेको थियो । रियल कश्मीरको २२ अंक रहेको थियो ।

‘लिगको शीर्ष स्थानको मोहन बगानको ३९ अंक रहेको छ । जसले अन्य टिम भन्दा मोहन बगानको अंकको अन्तर धेरै नै छ । यदि म्याच खेलेको अवस्थामा समेत मोहन बगान नै अगाडि हुन्छ ।’ लिग कमिटिले भनेको छ । कमिटिले यस सिजन कुनैपनि टिमलाई रेलिगेशनमा नझार्न सिफारिस गरेको छ ।

लिग कमिटिका अध्यक्ष तथा भारतीय फुटबल महासंघ एआईएफएफका उपाध्यक्ष सुब्रत दत्तको अध्यक्षतामा शनिबार लिग कमिटिको बैठक बसेको थियो । कमिटिले निर्णयले आईजोल एफसी र नेरोका एफसीलाई भने राहत मिलेको छ । समितिले विभिन्न युवा लिगलाई समेत रद्ध गर्न सिफारिस गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...