पाँच करोडको ‘काण्ड’ले विप्लव माओवादीमा रडाको
वि.सं.२०७८ चैत २७ आइतवार १३:०२
2.5K
shares
काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी पार्टीमा पाँच करोड घोटाला काण्डले अहिले रडाको मच्चाईरहेको छ ।
पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शनले एकै ठाउँबाट पाँच करोड कुम्ल्याएको विषयले अहिले विप्लव माओवादीभित्र रडाको मच्चाएको हो ।
घटना अनुसार काठमाडौको दरबारमार्गमा रहेको पाँचतारे होटल अन्नपूर्णको विवाद मिलाईदिने भन्दै पाँच करोड रकम लिएको पार्टीभित्र चर्चा चलिरहेको छ ।
विप्लव माओवादीभित्र विभिन्न विवाद मिलाउनको लागि न्यायिक विभाग छ । यस्ता विवाद न्यायिक विभागमार्फत सल्टाउने गरिन्छ ।
उक्त विवाद मिलाउनको लागि भने विभागमा नलगी वलीले आफैले डिल गरेको र पाँच करोड पैसा हत्याएको पार्टीको ठहर छ ।
पाँच करोडमा डिल टुंग्याएका उनले पीडित पक्ष र पार्टीलाई ५०–५० लाख दिएर बाँकी आफैँले राख्ने गरी कुरो मिलाएको बताइन्छ ।
यो विषयले पार्टीमा ब्यापकता पाएपछि कार्यालय सचिव केदार शिवाकोटी सबै पैसा कुम्ल्याएर वैद्यको पार्टीतिर लागेको स्रोतको दाबी छ ।
वि.सं.२०७८ चैत २७ आइतवार १३:०२




















