YouTube Link

बन्ने भाे सिन्धुलीमा विमानस्थल, निर्माण प्रक्रियाका लागि पहिलो चरणको डीपीआर तयार

Facebook Link

सिन्धुली: सिन्धुलीमा विमानस्थल बन्ने भएको छ । जिल्लाको कमलामाई नगरपालिका- ८ को कल्याणी मन्दिर नजिकै विमानस्थाल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरेपछि विमानस्थल बन्ने पक्का् भएको हो । सिन्धुली विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिकरुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार गर्ने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

कमलामाई नगरपालिका ८ को करकरे र सिस्नेरीको बीचमा पर्ने कल्याणी मन्दिर नजिकै १ हजार ४ सय ४२ रोपनी १३ आना २ पैसा १ दामको ७ लाख ३४ हजार ३८ स्क्वायर मिटर क्षेत्रफलमा विमानस्थान निर्माणका लागि डीपीआर तयार पारिएको हो । आर्किटेक्ट्स इन्जिनियर्स, प्लानर्स एन्ड प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट्स नेपालले विमानस्थलको डीपीआर तयार पारेको हो । त्यसको अध्ययन गरी केही प्राविधिक कुरा मिलाउने काम भइरहेको छ ।

इआईए रिपोर्ट आएपछि आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १३ प्रतिशत भ्याट, १० प्रतिशत कन्टेन्जेन्सीसहित कुल ९३ करोड ९२ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ३५ पैसा विमानस्थल निर्माणको लागत स्टिमेटमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ । यो विमानस्थलसम्म पुग्ने सडक, रनवे, पार्किङ, स्प्रोन आदिको स्ट्रक्चरको लागत हो ।

सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लाका लागि सुविधा पुग्ने गरी निर्माण थालिएको विमानस्थलको डिजाइन यरक्राप्ट ‘एटिआर ७२ डी’ रहेको छ । विमानस्थल निर्माणस्थल सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीको बीचमा वीपी राजमार्गसँग जोडिएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महोत्तरीको बर्दीवासबाट वीपी राजमार्गहुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ भने मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्गहुँदै ३२ किलोमिटर दूरीमा रामेछापबाट आइपुगिन्छ ।

सिन्धुली विमानस्थलबाट सिमरा विमानस्थलसम्म ९५ किलोमिटर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ । जिल्लामा विमानस्थल बन्ने भएपछि स्थानीय भने निक्कै उत्साहित भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...