YouTube Link

बन्ने भाे सिन्धुलीमा विमानस्थल, निर्माण प्रक्रियाका लागि पहिलो चरणको डीपीआर तयार

Khanepani Dhal
Facebook Link

सिन्धुली: सिन्धुलीमा विमानस्थल बन्ने भएको छ । जिल्लाको कमलामाई नगरपालिका- ८ को कल्याणी मन्दिर नजिकै विमानस्थाल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरेपछि विमानस्थल बन्ने पक्का् भएको हो । सिन्धुली विमानस्थल निर्माणका लागि पहिलो चरणको अध्ययन तथा प्राविधिकरुपमा डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर) तयार गर्ने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

कमलामाई नगरपालिका ८ को करकरे र सिस्नेरीको बीचमा पर्ने कल्याणी मन्दिर नजिकै १ हजार ४ सय ४२ रोपनी १३ आना २ पैसा १ दामको ७ लाख ३४ हजार ३८ स्क्वायर मिटर क्षेत्रफलमा विमानस्थान निर्माणका लागि डीपीआर तयार पारिएको हो । आर्किटेक्ट्स इन्जिनियर्स, प्लानर्स एन्ड प्रोजेक्ट म्यानेजमेन्ट कन्सल्टेन्ट्स नेपालले विमानस्थलको डीपीआर तयार पारेको हो । त्यसको अध्ययन गरी केही प्राविधिक कुरा मिलाउने काम भइरहेको छ ।

इआईए रिपोर्ट आएपछि आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी १३ प्रतिशत भ्याट, १० प्रतिशत कन्टेन्जेन्सीसहित कुल ९३ करोड ९२ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ३५ पैसा विमानस्थल निर्माणको लागत स्टिमेटमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ । यो विमानस्थलसम्म पुग्ने सडक, रनवे, पार्किङ, स्प्रोन आदिको स्ट्रक्चरको लागत हो ।

सिन्धुली, रामेछाप, ओखलढुङ्गा, काभ्रे, महोत्तरी, धनुषा र उदयपुर जिल्लाका लागि सुविधा पुग्ने गरी निर्माण थालिएको विमानस्थलको डिजाइन यरक्राप्ट ‘एटिआर ७२ डी’ रहेको छ । विमानस्थल निर्माणस्थल सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीको बीचमा वीपी राजमार्गसँग जोडिएको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत महोत्तरीको बर्दीवासबाट वीपी राजमार्गहुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ भने मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्गहुँदै ३२ किलोमिटर दूरीमा रामेछापबाट आइपुगिन्छ ।

सिन्धुली विमानस्थलबाट सिमरा विमानस्थलसम्म ९५ किलोमिटर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ । जिल्लामा विमानस्थल बन्ने भएपछि स्थानीय भने निक्कै उत्साहित भएका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापक मदन राई दोषी ठहर

वि.सं.२०८१ माघ १३ आइतवार १३:३४

काठमाडौं: खोटाङ सदरमुकाम दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम्) का संस्थापक...

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वास्तुशास्त्र अलछिन र श्री सूक्तं साधना

वि.सं.२०८१ माघ १३ आइतवार ११:४०

श्री र सूक्तं दुईवटा प्रधान शब्द मिलेर बनेको अमृत हो...

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...