YouTube Link

नेपालले पहिलो पटक सगरमाथाको उचाइ नाप्यो, उचाइ पत्ता लाग्न कम्तिमा अझै पाँच महिना लाग्ने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपालको सर्वे टोलीले पहिलो पटक सगरमाथाको उचाई नापेको छ । आज (बुधबार)बिहान ३ बजे सगरमाथा चुचुरोमा पुगेर टोलीले उचाई नापेको हो । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा गएको टोली शिखरमा पुगेको छ । टोलीका सदस्य प्राविधिक रविन कार्की सहित क्लाइम्बिङ गाइड छिरिङजाङबु शेर्पा लगायतले शिखरमा पुगेर जिएनएनएस जिपिएस सेट गर्ने काम सम्पन्न गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

नापी टोली नेपालतर्फको दक्षिण मोहोडाबाट चुचुरोमा पुगेको र टोली आजै फर्कने जोशीले बताए । सगरमाथाको उचाइ कति भन्ने ५ महिनापछि मात्रै थाहा हुने सहसचिव जाशीले बताए । सगरमाथाको उचाइ नाप्न नापी टोली यही चैत्र २७ गते काठमाडौंबाट हिडेको थियो ।

सगरमाथाको उचाइ नाप्ने विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा पिक प्रमोशन प्रालिले गरिरहेको छ । शिखरमा जिपिएस सेट गरेसँगै अन्य विभिन्न स्थानमा राखिएको नियन्त्रण विन्दुहरुसँगको सम्बन्ध (कनेक्सन) कायम गरिएको बताइएको छ । टोलीका दुई सदस्यहरु सुरजसिंह भण्डारी र युवराज धिताल लगायत शेर्पा गाइडको टोलीले भने आधारशिविरमा बसेर प्राविधिक सहयोगको काम गर्दै आएका छन् ।

शिखर लगायत विभिन्न ठाउँमा राखिएका जिपिएसमा सेट भएका तथ्यांकहरूका आधारमा संसारका दर्जनौं वैज्ञानिकहरुले यसलाई गणितीय र ज्यामितीय हिसाबले अध्ययन गरि उचाइ टुंगो लगाएर पुष्टि गर्ने नापी विभागले जानकारी दिएको छ । नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ नाप कार्य शुरू गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालको विशेष पहलमा नापी विभागमार्फत सगरमाथाको उचाइ नाप्नका लागि टोली खटाइएको हो ।

गएको चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले टोलीलाई सगरमाथाको उचाइ मापनका निम्ती शुभकामना दिएर पठाएका थिए । ०७२ सालको भुकम्पपछि ८८४८ मिटरको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ घटबढ भएको भन्ने भ्रम सिर्जना भएपछि यसबारेमा बिवाद उत्पन्न भएको थियो । बिवाद उत्पन्न भएपछि सरकार आफैले सगरमाथाको नयाँ उचाइ मापन शुरू गरेको हो ।

यसअघि सन् १९५४ मा भारतीय नापी विभागले सगरमाथाको उचाइ नापेको थियो । उनीहरुले सगरमाथाको उचाइ ८,८४८ मिटर मापन गरेका थिए । सन् १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ मापन गरेका थियो । उक्त टोलीले सगरमाथाको उचाइ ८,८५० मिटर मापन गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...