YouTube Link

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेताहरू पार्टी निर्माण तथा सत्ता साझेदारीमा जाने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडाै‌: निर्वाचन आयोगले बुधवार राति दर्ता गरेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेताहरूले अब उनीहरूको ध्यान पार्टी निर्माण तथा सत्ता साझेदारीमा जाने बताएका छन् ।

 

आयोगले आफ्नो पार्टी दर्ता गरेको भोलिपल्ट बीबीसीसँग कुरा गर्दै सो दलका नेता बेदुराम भुसालले तत्कालका निम्ति माउपार्टी नेकपा एमालेसँग एकता वा कुनै साझेदारीको सम्भावना नभएको बताए ।

 

नेकपा एमालेभित्र विकसित भएको गैरकम्युनिस्ट चरित्रविरुद्ध हामीले विद्रोह गरेको हो। अझ देशमा लोकतन्त्र अनि संविधानको रक्षाको लागि यो विद्रोह भएको हो, उनले भने ।

 

अहिले हाम्रो कसैसँग पनि एकता हुँदैन। तर संविधानको रक्षा गर्ने अनि प्रतिनिधिसभालाई पूर्ण कार्यकाल काम गर्न दिनेजस्ता मुद्दामा मन मिल्नेहरूसँग सहकार्य हुनसक्छ ।

 

उनले त्यसो भन्दै गर्दा सत्तामा साझेदार माओवादी केन्द्र तथा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बुझिन्छ ।

 

निर्वाचन आयोगले बुधवार राति नै गठन भएको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीका नेताले पनि आफूले उठाएका संविधान संशोधनजस्ता विषयमा प्रतिबद्धताअनुरूप व्यवहार भए वर्तमान सत्तारूढ गठबन्धनमै सहभागी हुन सकिने जनाएको छ।

 

यो सरकारलाई हामीले बाहिरबाट त समर्थन दिएकै छौँ। अब हामीले उठाएका विषयमा सहमति जनाए सत्तामा सामेल हुन पनि सकिन्छ,लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले बताए।

 

माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ ।

 

चुनाव सम्मै तालमेलको सम्भावना

 

अर्थात् राप्रपाबाहेक संसद्‌मा रहेका सबैजसो दल सत्ता गठबन्धनमै सहभागी वा त्यससँग निकट देखिन्छन्।

 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ यो ध्रुवीकरण कम्तीमा आगामी चुनावसम्म जान सक्ने ठान्छन्।

दुईवटा गठबन्धन हुनसक्ने सम्भावना छ। एक त अहिलेकै सत्ता गठबन्धन नै चुनावसम्म मिलेर जाने सम्भावना अनि अर्को चाहिँ वामपन्थी दलहरू जसमा माओवादी केन्द्र, नयाँ दल, उपेन्द्र यादव नेतृत्वको दल तथा चुनावमा सामेल हुने निर्णय गरेमा नेत्रविक्रम चन्द नेतृत्वको दल मिल्ने सम्भावना छ।

 

तर नेकपा एमालेसँग कसैले गठबन्धन गर्ने देखिँदैन श्रेष्ठले भने।

 

अर्का राजनीतिक विश्लेषक कृष्ण पोखरेल पनि एमालेका आगामी दिन चुनौतीपूर्ण देख्छन् ।

 

हिजो एमाले कहाँ थियोरु कसका कारणले शिखरबाट झरेर पीँधमा आइपुग्योरु प्रदेश सरकारहरूमा उसको के अवस्था छरु हिजोको गुमेको जुन महिमा त अब ऊ त्यो ठाउँमा कुनै हालतमा पुग्दैन उनले बीबीसीसँग भनेका छन् ।

 

अब गठबन्धनको संस्कृति अघि बढ्छ। संविधानमा रहेको मिश्रित निर्वाचन पद्धतिका कारण पनि कुनै पार्टीको बहुमत आउन सक्दैन। जसले राम्रो गठबन्धन गर्न सक्छ उसको भविष्य छ, अन्यथा छैन।

 

त्यो हिसाबले हेर्दा एमालेको आगामी दिन विगतको भन्दा थप चुनौतीपूर्ण र अप्ठेरो बाटोमा देखिन्छ।

 

हाल विभाजित भएपछि पनि केपी ओली नेतृत्वको नेकपा एमाले अझै पनि संसद्‌मा सबभन्दा ठूलो दल हो निर्वाचन आयोगले भनेकाे छ ।

 

उक्त दलले अब मंसिरमा महाधिवेशन गर्ने अनि डेढ वर्षपछि हुने चुनावमा फेरि बहुमत ल्याएर सत्ताको नेतृत्व सम्हाल्ने बताउँदै आएको छ।

 

नवगठित दलका प्राथमिकता के ?

 

पार्टी निर्माण र सत्ता साझेदारीका विषयले नवगठित पार्टीमा तत्काल प्राथमिकता पाउने देखिन्छ ।

 

पहिलो काम त पार्टीलाई व्यवस्थित पार्ने नै हुन्छ। केन्द्रीय कमिटीको सानो प्रारूप हामीले निर्वाचन आयोगमा पेस गरेका छौँ।

अब त्यसलाई विस्तार गर्नु छ अनि प्रदेशदेखि स्थानीय सबै तहमा राजनीतिक कमिटीहरू बनाउनुपर्नेछ, नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसालले बताए।

उनका अनुसार नेकपा एमालेको अघिल्लो नवौँ महाधिवेशनमा पार्टी दुईवटा प्यानलबीच सङ्घर्ष भएकोमा त्यतिखेर पराजित माधवकुमार नेपाल नेतृत्वको प्यानल तल्लो तहसम्मै रहेको र अब तिनैलाई क्रियाशील बनाउनेतिर नयाँ पार्टी लाग्नेछ।

लोकतान्त्रिक समाजवादी पार्टीको हकमा चाहिँ यसअघि उपेन्द्र यादवको दलसँग एकता भए पनि त्यो केवल कार्यकारिणी तहमा मात्रै समायोजन भएको र बाँकी तल्लो सङ्गठन समायोजन भइनसकेका कारण नयाँ पार्टीले सहजै साङ्गठनिक पुनर्गठन गर्न सक्ने नेता लक्ष्मणलाल कर्णले बताए ।

पहिलो चरणमा हामी पार्टी र सङ्गठन निर्माणमा केन्द्रीय थियौँ। त्यो चरणपश्चात् अब सत्तामा सहभागिताको आवश्यकताबारे हामी छलफल गर्छौँ,भुसालले भने ।

सङ्घीय संसद्को दुवै सदनका १५४ एमाले सांसदमध्ये २९ जनाले बुधवार निर्वाचन आयोगमा पुगेर माधवकुमार नेपाल समूहले गठन गरेको नेकपा ९एकीकृत समाजवादी० मा सहभागी हुन सनाखत गराएका थिए ।

त्यस्तै अलग पार्टी गठनका लागि जनता समाजवादीका ३७ सङ्घीय सांसदमध्ये १४ सांसदले महन्थ ठाकुर(राजेन्द्र महतो समूहको लोकतान्त्रिक समाजवादी पार्टीमा सहभागी हुन सनाखत गरेका थिए।

नेपाली कांग्रेस नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दै २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले पार्टी विभाजन गर्न पाउने व्यवस्था गरेपछि अलग पार्टी दर्ताका लागि ती दुई समूहले निर्वाचन आयोगमा निवेदन दिएका थिए । बीबीसी

याे पनि:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...