ब्रेमर एसभीको गोल पोष्टमा बार्यन म्युनिखले गोलको वर्ष
इरिक म्याक्सिन चोपो मोटिङले एक्लै चार गोल
वि.सं.२०७८ भदौ १० बिहीवार १४:०२
1.9K
shares
एजेन्सीः जर्मन कपको खेलमा ब्रेमर एसभीको गोल पोष्टमा बार्यन म्युनिखले गोलको वर्ष गरेको छ ।
बार्यनका इरिक म्याक्सिन चोपो मोटिङले एक्लै चार गोल गरेको खेलमा बार्यन म्युनिखले ब्रेमर एसभीलाई १२–० ले हराएको छ ।
पाँचौ डिभिजन लिग खेल्ने ब्रेमरविरुद्ध जर्मन कपको पहिलो चरणमा बार्यनले फराकिलो जित निकालेको हो ।
बार्यनले यस खेलमा ३७ पटक पोस्टमा प्रहार गरेको थियो ।
खेलको ८औं मिनेटमा लिरोय सानेको पासमा गोल गर्दै बार्यनलाई अग्रता दिलाएको थिए ।
१६औ मिनेटमा जमल मुसीआलाले बार्यनका लागि दोस्रो गोल थपेका थिए ।
खेलमा जमल मुसीआलाले व्यक्तिगत दोस्रो गोल खेलको ४८औं मिनेटमा गरे ।
खेलको पहिलो हाफमा २८ र ३५औं मिनेटमा गोल गर्दै इरिक म्याक्सिन चोपो मोटिङले ह्याट्रिक पुरा गरेका थिए ।
एकपक्षिय खेलमाल बार्यनले खेलको ४७ मिनेटमा मलिक टिलम्यानको गोलसाँगै खेलमा आध दर्जन गोल गरेको थियो ।
बार्यनको गोल गर्ने क्रम लिरोय सानेले ६५औं मिनेटमा गोल गर्दै खेलमा ७–०को स्थितिमा पु¥या ।
७६औं मिनेटमा ब्रेमर एसभी दश खेलाडीमा समेटिना पुगेको थियो ।
दश खेलाडीमा समेटिएको ब्रेमर एसभी माथि बार्यनले गोल गर्न छोडेन ।
८०औं मिनेटमा माइकल कुईसान्सले गोल गर्दा खेल १०–० भयो ।

खेलको ८६ र ८८औं मिनेटमा बोना सार र कोरेन्टिन टोलिस्सोले गोल गर्दै खेलमा एक पक्षिय १२–० को जित हात परेको हो ।
त्यसै गरी,खेलको २७औं मिनेटमा ब्रेमर एसभीको वार्मले एक आत्मघाती गोल गरेका थिए ।
१९९७ यता बार्यनले निकालेको यो सबैभन्दा ठूलो अन्तरको जीत हो ।
१९९७ मा उसले डिजेके वाल्डवर्गलाई १६–१ ले हराएको थियो ।
यो पनि पढ्नु होस्ः स्ट्राइकर एम्बाप्पेलाई रियाल म्याड्रिडले औपचारिक प्रस्ताव
वि.सं.२०७८ भदौ १० बिहीवार १४:०२




















