YouTube Link

केन्द्रीय अनुसन्धान व्यूरोबाट विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

Facebook Link

काठमाडौं: बैदेशिक रोजगार कसूर मुद्दामा फरार प्रतिवादी पाल्पा बगनासकाली गाउँपालिका-७ बस्ने ५९ वर्षीया टिका कुमारी थापालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी थापालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ बस्ने ४८ वर्षीया सुशिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शान्तिनगर काठमाडौंबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत चितवनको आदेश बमोजिम उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

यसैगरी, सवारी ज्यान मुद्दाका फरार प्रतिवादी हेटौंडा उपमहानगरपालिका-१४ बस्ने ५९ वर्षीय कुल नरसिंह गोङवा तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन हेटौंडाको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद र २ हजार जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही उपमहानगरपालिका-१५ बाट पक्राउ गरेको हो ।

उनलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय मकवापुरले जनाएको छ ।

यसैगरी लागूऔषध गाँजा चरेस मुद्दाका फरार प्रतिवादी मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने ५१ वर्षीय दिनेश उप्रेतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले लागूऔषध गाँजा चरेस मुद्दामा ४ वर्ष कैद र ५० हजार जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सोही गाउँपालिका-९ ज्यामिरेबाट पक्राउ गरेको हो ।

उनलाई कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...