YouTube Link

कांग्रेसको १४औं महाधिवशेन तोकिएको समयमा नहुने निश्चित

Facebook Link

काठमाडौं: फागुनमा हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवशेन तोकिएको समयमा नहुने निश्चित छ ।

प्रतिनिधिसभा विघटन प्रकरणले महाधिवेशन प्रभावित हुने देखिएको छ । यसअघि पार्टीमा आन्तरिक किचलो र कोरोनाले महाधिवेशन कार्यतालिका प्रभावित बन्दै आएको थियो । पार्टीले सडक आन्दोलनलाई प्राथमिकतामा राख्नुका साथै अदालतको फैसलाको प्रतीक्षा गर्ने नीति लिएकाले पनि महाधिवेशन कार्यतालिकाबारे बहस नै सुरु भएको छैन ।

प्रतिनिधिसभा विघटनको विषयले मंसिर मसान्तसम्म क्रियाशील सदस्यता वितरण नवीकरणलाई टुंगिने गरी यसअघि गरिएको कार्यतालिका कार्यान्वयन हुन सकेन । मंसिरभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण नसकिएपछि पार्टीले समयावधि पुनः बढाएको छ । पुस १९ मा बसेको केन्द्रीय समितिको बैठकले माघ मसान्तसम्म सूची पठाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको छ ।

क्रियाशील सदस्यता वितरणअघि सकिनुपर्ने संगठन समायोजनको काम तीन जिल्लामा टुंगिन सकेको छैन । क्रियाशील सदस्यबाट नै महाधिवेशन प्रतिनिधि चुनिने भएकाले सबै नेताहरू आफ्नो पक्षमा सक्दो बढी क्रियाशील सदस्यता वितरण गर्न चाहन्छन् ।

१३औं महाधिवेशनमा भन्दा यसपटक शतप्रतिशतसम्म क्रियाशील सदस्यता बढाउन सकिने पदाधिकारी बैठकले निर्णय गरेको छ । जिल्ला कार्यसमितिले माग गरेको अवस्थामा क्रियाशील सदस्यको संख्या बढाउन सकिने निर्णय केन्द्रले गरेको छ । १३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । संख्या थप्ने निर्णयले कांग्रेसका क्रियाशील सदस्य १४औं महाधिवेशनमा करिब १० लाख पुग्नेछ ।

निर्धारित समयभित्र क्रियाशील सदस्यता चयन नभएपछि महाधिवेशनका अन्य कार्यतालिका स्वतः प्रभावित हुने गरेको छ । पुसमा जिल्ला र माघमा प्रादेशिक अधिवेशन गर्ने कार्यतालिका क्रियाशील सदस्यता नटुगिंदा प्रभावित बनेको छ ।

सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष फागुनमा महाधिवेशन हुन नसक्नेमा भदौ महिनामै एकमत थिए । कार्यतालिका प्रभावित गराउन संस्थापनले भूमिका खेलेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप लगाउँदै आएको थियो । तोकिएको समयमा काम नगरेपछि नयाँ मिति तोकेर मात्रै महाधिवेशन हुन नसक्ने ठहर पौडेल पक्षका थियो ।

जारी केन्द्रीय समितिको बैठक महाधिवेशनको विषयमा कम मात्र केन्द्रित देखिएको छ । क्रियाशील सदस्य वितरण नवीकरणलाई समय थपिए पनि तल्लो तहको अधिवेशनका सन्दर्भमा कुनै निर्णय गरिएको छैन ।

प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीको औपचारिक निर्णय गर्न बसेको बैठकले सरकारविरुद्ध सडक प्रर्दशनलाई महत्व दिएको छ । प्रतिनिधिसभा विघटन विरुद्ध प्रदेश निर्वाचन क्षेत्रमा पुस ३ र पालिका स्तरमा माघ ३ मा विरोध प्रर्दशन गरिने भएको छ ।

माघ ८ मा वडातहमा विरोध प्रर्दशन गरिने भएको छ । पार्टी संस्थापन पक्ष प्रतिनिधिसभा विघटनको मुद्दालाई अदालतले किनारा लगाएपछि मात्रै महाधिवेशनको मिति तोक्ने पक्षमा कांग्रेस देखिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...