YouTube Link

मान्छेहरु कोरोनाप्रति एकदमै गैह्र जिम्मेवार, काम गरेको जसै दिँदैनन्: प्रधानमन्त्री ओली

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेहरु कोरोनाप्रति एकदमै गैह्र जिम्मेवार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसँगको छलफलपछि प्रधानमन्त्रीले त्यस्ता गैह्र जिम्मेवार व्यक्ति र संस्थाका कारण नेपालमा कोरोनाले शिर उठाएको बताउनुभएको हो ।

विदेशबाट ल्याउने र खुल्ला सीमानाबाट नेपाल प्रवेश गर्न दिने काम नरोकेसम्म कोरोनामा कमी नहुने उहाँको भनाई छ । नेपाल आउनेलाई राम्रोसँग चेकअप गरेरमात्र ल्याउने, कोरोना संक्रमित भएको नभएको बारेमा प्रमाणित गर्ने जस्ता विषयमा विचार पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाका विषयमा धेरै मान्छेहरु गैह्र जिम्मेवार बनेको समेत आरोप लगाउनु भएको छन् । सञ्चार माध्यामले पनि कोरोनका विषयमा जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको तर्फ उहाँको संकेत थियो । ‘सञ्चार माध्यामहरु सरकारको विरोध गर्ने माध्यामका रुपमा प्रयोग भएका छन् । लकडाउन नगरे किन गरेन भन्ने गरे किन गर्यो भन्ने, मान्छे भड्काउने, उचाल्ने जस्ताकाम सञ्चार माध्यामले गर्छन् ।’ उहाँको भनाई थियो ।

बुद्धिजीविले पनि आफ्नो भूमिका निर्वाह गर्न नसकेकोमा उहाँले गुनासो गर्नुभयो । ‘बौद्धिक जगतको प्रश्न सुन्छु म । कहाँ छ सरकार ? काठमाडौंमा बसेर क्यामराको अगाडि, टेलिभिजनको अगाडि बसेर काहाँ छ सरकार भन्दा मैले कता देखाउने । त्यो उद्धार गरिएको ठाउँमा हेर्नु पर्यो । त्यँहाका जनतालाई सोधनु पर्यो कहाँ छ सरकार भनेर ।’

राजधानी काठमाडौंसहित मुलुकका विभिन्न शहरमा कोरोना संक्रमणको प्रकोप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञसँग सामुहिक परामर्श गर्नुभएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...