YouTube Link

मान्छेहरु कोरोनाप्रति एकदमै गैह्र जिम्मेवार, काम गरेको जसै दिँदैनन्: प्रधानमन्त्री ओली

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेहरु कोरोनाप्रति एकदमै गैह्र जिम्मेवार भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुसँगको छलफलपछि प्रधानमन्त्रीले त्यस्ता गैह्र जिम्मेवार व्यक्ति र संस्थाका कारण नेपालमा कोरोनाले शिर उठाएको बताउनुभएको हो ।

विदेशबाट ल्याउने र खुल्ला सीमानाबाट नेपाल प्रवेश गर्न दिने काम नरोकेसम्म कोरोनामा कमी नहुने उहाँको भनाई छ । नेपाल आउनेलाई राम्रोसँग चेकअप गरेरमात्र ल्याउने, कोरोना संक्रमित भएको नभएको बारेमा प्रमाणित गर्ने जस्ता विषयमा विचार पुर्याउनु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोनाका विषयमा धेरै मान्छेहरु गैह्र जिम्मेवार बनेको समेत आरोप लगाउनु भएको छन् । सञ्चार माध्यामले पनि कोरोनका विषयमा जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको तर्फ उहाँको संकेत थियो । ‘सञ्चार माध्यामहरु सरकारको विरोध गर्ने माध्यामका रुपमा प्रयोग भएका छन् । लकडाउन नगरे किन गरेन भन्ने गरे किन गर्यो भन्ने, मान्छे भड्काउने, उचाल्ने जस्ताकाम सञ्चार माध्यामले गर्छन् ।’ उहाँको भनाई थियो ।

बुद्धिजीविले पनि आफ्नो भूमिका निर्वाह गर्न नसकेकोमा उहाँले गुनासो गर्नुभयो । ‘बौद्धिक जगतको प्रश्न सुन्छु म । कहाँ छ सरकार ? काठमाडौंमा बसेर क्यामराको अगाडि, टेलिभिजनको अगाडि बसेर काहाँ छ सरकार भन्दा मैले कता देखाउने । त्यो उद्धार गरिएको ठाउँमा हेर्नु पर्यो । त्यँहाका जनतालाई सोधनु पर्यो कहाँ छ सरकार भनेर ।’

राजधानी काठमाडौंसहित मुलुकका विभिन्न शहरमा कोरोना संक्रमणको प्रकोप बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित विज्ञसँग सामुहिक परामर्श गर्नुभएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...