विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ
वि.सं.२०७६ पुस २० आइतवार १४:५८
1.4K
shares
पर्साः जिल्ला अदालत पर्साको २०७६ जेठ १४ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका पर्सा सखुवाप्रसौनी गाउँपालिका-८ बस्ने ५० वर्षीय दरौगा मिया धुनियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी सोही अदालतको २०७२ माघ १८ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ६ वर्ष ११ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका पर्सा छिपहरमाई गाउँपालिका-५ घर भएका ४५ वर्षीय दिनेश प्रसाद साह कानुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वि.सं.२०७६ पुस २० आइतवार १४:५८



















