कोरोना महामारीबाट भारत र पाकिस्तान प्रभावित, भारतमा मृत्यु हुनेको संख्या ५२१ पुग्यो, पाकिस्तानमा १४३ जनाले ज्यान गुमाए
वि.सं.२०७७ वैशाख ७ आइतवार ०९:४२
1.4K
shares
एजेन्सीः कोरोना भाइरस महामारीका कारण सार्कका दुई ठुला देश भारत र पाकिस्तानमा पनि यसको प्रभाव परेको छ । सार्क कै सबैभन्दा ठुलो देश भारतमा कोरोनाको प्रभाव सबैभन्दा बढी देखिएको छ ।
भारतमा ५ सय २१ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । शनिबार मात्रै भारतमा ३५ जना संक्रमितको मृत्यु भएको हो । शनिबार भारतमा १ हजार ३ सय ७० नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैगरी पाकिस्तानमा ७ हजार ६ सय ३८ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ६ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित मध्ये १ हजार ८ सय ३२ जना उपचारपछि घर फर्किएका छन् । हालसम्म पाकिस्तानमा कोरोना संक्रमणबाट १ सय ४३ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ वैशाख ७ आइतवार ०९:४२



















