YouTube Link

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज विराटनगरस्थित एकीकृत जाँच चौकीको उद्‌घाटन गर्दै

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज ‘भिडियो कन्फ्रनेन्स’मार्फत एकैसाथ मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्दैछन् । भारतले एक अर्ब १४ करोड रुपैयाँ लागतमा यो जाँचचौकी निर्माण गरिदिएको हो ।

भारतले निर्माण सम्पन्न गरेको जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट आज एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । ओली र मोदीले स्वीच थिचेर उद्घाटन गरेपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र त्यहाँबाट नेपालतर्फ ट्रक भित्रने छ ।

भारतको सिमाना नजिकै एक सय २९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको हो । भारततर्फको जाँचचौकी भने दुई पहिले नै तयार भइसकेको छ । नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको छ । यो जाँचचौकी निर्माण गर्न नेपालले भारतसँग सन् २००६ मै सम्झौता गरेको थियो । तर सन् २०१६ देखि मात्र भारतले जाँचचौकी निर्माण थालेको थियो ।

निर्माण थालेको झण्डै पाँच बर्षपछि भारतले नेपाललाई आइसीपी हस्तान्तरण गरेको हो । आज प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले उद्घाटन गरेपछि यसअघि विराटनगर भन्सार कार्यालयबाट हुने गरेका सबै कारोबार यही जाँचचौकीबाट हुनेछ । यो जाँचचौकी भएर शुरुमा मालबाहक सवारी आवतजावत गर्ने र क्रमशः यात्रुवाहक सवारी तथा रेलको सामान समेत आयात निर्यात गर्ने पूर्वाधार विकास गरिँदैछ ।

जाँचचौकीमा कार्गो, यात्रु टर्मीनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, क्वारेन्टाइन, कोल्ड स्टोरेज, क्लियरिङ एजेन्ट, बैंक, सीसीटीभी, पार्किङ, रेस्टराँलगायत सार्वजनिक सुविधायुक्त संरचनाहरु निर्माण गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...