Rajshow Bivag

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज विराटनगरस्थित एकीकृत जाँच चौकीको उद्‌घाटन गर्दै

Departmant of helth services

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आज ‘भिडियो कन्फ्रनेन्स’मार्फत एकैसाथ मोरङको विराटनगरस्थित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गर्दैछन् । भारतले एक अर्ब १४ करोड रुपैयाँ लागतमा यो जाँचचौकी निर्माण गरिदिएको हो ।

भारतले निर्माण सम्पन्न गरेको जाँचचौकीलाई दुवै देशका प्रधानमन्त्रीले एकैसाथ स्वीच थिचेर उद्घाटन गर्ने भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट आज एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । ओली र मोदीले स्वीच थिचेर उद्घाटन गरेपछि नेपालबाट सामान बोकेको ट्रक भारततर्फ र त्यहाँबाट नेपालतर्फ ट्रक भित्रने छ ।

भारतको सिमाना नजिकै एक सय २९ विघा क्षेत्रफलमा जाँचचौकी निर्माण गरिएको हो । भारततर्फको जाँचचौकी भने दुई पहिले नै तयार भइसकेको छ । नेपालतर्फ बनेको जाँचचौकी भारतले केहि दिनअघि नै हस्तान्तरण गरिसकेको छ । यो जाँचचौकी निर्माण गर्न नेपालले भारतसँग सन् २००६ मै सम्झौता गरेको थियो । तर सन् २०१६ देखि मात्र भारतले जाँचचौकी निर्माण थालेको थियो ।

निर्माण थालेको झण्डै पाँच बर्षपछि भारतले नेपाललाई आइसीपी हस्तान्तरण गरेको हो । आज प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले उद्घाटन गरेपछि यसअघि विराटनगर भन्सार कार्यालयबाट हुने गरेका सबै कारोबार यही जाँचचौकीबाट हुनेछ । यो जाँचचौकी भएर शुरुमा मालबाहक सवारी आवतजावत गर्ने र क्रमशः यात्रुवाहक सवारी तथा रेलको सामान समेत आयात निर्यात गर्ने पूर्वाधार विकास गरिँदैछ ।

जाँचचौकीमा कार्गो, यात्रु टर्मीनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, क्वारेन्टाइन, कोल्ड स्टोरेज, क्लियरिङ एजेन्ट, बैंक, सीसीटीभी, पार्किङ, रेस्टराँलगायत सार्वजनिक सुविधायुक्त संरचनाहरु निर्माण गरिएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

आजदेखि तेस्रो लगानी सम्मेलन हुँदै, १५१ परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:३९

  काठमाडौं: काठमाडौंमा आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । मुलुकमा...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

प्रतिनिधिसभातर्फ इलाम-२ र बझाङ-१ (१) मा आज निर्वाचन

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:१९

  काठमाडौं: प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ र  प्रदेश सभातर्फ...

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १५ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...