YouTube Link

सेफ्टी ट्यांकीमा निसासिएर मोरङको डाइनिया मस्जिदमा चार जनाको मृत्यु

World Cup 2026
Facebook Link

मोरङ: मोरङको सुनवर्षी नगरपालिका-९ डाइनियामा रहेको मस्जिदको सेफ्टी ट्यांकीमा निसासिएर शनिबार चार जनाको मृत्यु भएको छ । मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेटिङ खोल्न गएका चार जनाको निसासिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनवर्षी-९ का २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बेहोस भएर फसेकालाइ उद्धार गर्न गएका अन्य तीनपनि बेहोस भएका थिए । बेहोस भएका दाउद मियाँ, हेमन्त मियाँ र डोम्राहा मियाँ रंगेली अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

मस्जिदको सेफ्टी ट्यांकी एक महिनाअघि चारैतिर बन्द गरेर हावा पास नहुनेगरी ढलाई गरिएको थियो । ट्यांकीको सेटिङ खोल्न गएका सहनवाद आलम बेहोस भएपछि उनलाइ बचाउन अन्यपनि जाने क्रममा बेहोस भएर ढलेका थिए । चारै जनालाई उद्धार गरी अस्पताल लगिएको भएपनि उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । प्रहरीले घटनाका बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...