YouTube Link

नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्षका लागि पाँच जनाको उम्मेद्वारी दर्ता, को-कसले दिए उम्मेद्वारी (सूचीसहित)

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने आसन्न निर्वाचनमा अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ ।

 

निर्वाचन समितिका अनुसार अध्यक्षमा कांग्रेस-माओवादी गठनबन्धनबाट प्रेस युनियनका विपुल पोखरेलको उम्मेदवारी परेको छ ।

 

युनियनकै रामप्रसाद दाहालले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् भने गजेन्द्र बुढाथोकी र दीपक पाठकले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।

 

कांग्रेस आबद्ध प्रेस युनियन, माओवादी आबद्ध प्रेस सेन्टर र एमालेको माधव नेपाल पक्षीय प्रेस चौतारीसहितको गठबन्धन बने पनि अधिकांश पदमा युनियनका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् ।

 

वरिष्ठ उपाध्यक्षमा युनियनले रमेश विष्टलाई आधिकारिक भनेको छ भने रामजी दाहालले पनि सोही पदमा उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै माधव नेपाल पक्षधर प्रेस चौतारीका ध्रुव लम्सालले पनि बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

पोखरेल प्यानलबाट महिला उपाध्यक्षमा बाला अधिकारीको उम्मेदवारी परेको छ ।

 

समावेशी उपाध्यक्षमा उदय जीएमको उम्मेदवारी छ ।

 

तर सोही गठबन्धनबाट रेमवहादुर विश्वकर्मा र शीतल महतोले पनि समावेशी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै महासचिवमा गठबन्धनबाट प्रेस सेन्टरका रोशन पुरी उम्मेदवार भएका छन् भने युनियनका राजेश मिश्रले पनि सोही पदमा उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै सुवोध गौतमको पनि उम्मेदवारी महासचिवमा परेको छ ।

 

खुल्ला सचिवमा प्रेस युनियनको तर्फबाट नकुल अर्यालले उम्मेदवारी दिएका छन् ।

 

गठबन्धनबाट भन्दै माधव नेपाल पक्षीय चौतारीका गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन् ।

 

खुल्ला सचिवमा जन्मदेव जैसी, यम विरहीको पनि उम्मेद्वारी परेको छ ।

 

महिला सचिवमा पोखरेल प्यानलबाट सृजना अर्यालको उम्मेदवारी वागी परेको छ भने आदिवासी जनजाति सचिवमा नारायण किलम्बुले सोही प्यानलबाट उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै मधेशी सचिवमा सो प्यानलभित्रबाट दिपेन्द्र चौहान, देवकुमार यादव र प्रविण चौधरीले उम्मेदवारी दिएका छन् ।

 

दलित सचिवमा गठबन्धनले हेमकर्ण विकलाई उम्मेदवार बनाए पनि गणेश विक, गोपाल बराईली, मानसिंह विकले पनि उम्मेदवारी दिएका छन् ।

 

एसोसियट सचिवबाट प्रेस युनियनकै केपी ढुंगाना, पवन आचार्य, विनय देवकोटा, राधेश्याम दाहाल उम्मेदवारी दिएका छन् ।

 

कोषाध्यक्षमा गठबन्धनबाट प्रेस युनियनका कलेन्द्र सेजुवालले उम्मेदवारी दिएका छन् भने युनियनकै प्रकाश थापा, माधव दुलाल, दिलिप पौडेलको पनि सोही पदमा उम्मेदवारी परेको छ ।

 

सञ्चारिका समूहकी अध्यक्ष्य निर्मला शर्मा नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षको इतिहास रच्ने घोषणा गर्दै प्रेस चौतारीको तर्फबाट उम्मेदवार दर्ता गरेकी छिन् ।

 

प्रेस चौतारीको नेतृत्वमा प्रगतिशील-व्यावसायिक-समावेशी-राष्ट्रवादी वरिष्ठ उपाध्यक्षमा माधव नेपालले उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै महिला महिला उपाध्यक्षमा दाना केसी, उपाध्यक्ष समावेशीमा अवदेशकुमार झा, महासचिवमा बालकृष्ण बस्नेत, सचिव खुल्लामा रामकृष्ण ज्ञवाली, सचिव महिलामा निमा काफ्ले, सचिव आदिवासी जनजातिमा शाहीमान राई, सचिव मधेसीमा श्वेता सिन्हा, सचिव दलितमा मधु शाही, सचिव एशोसियटमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्ण गिरी र लेखा समिति संयोजकमा द्वारिका काफ्लेले उम्मेवारी दिएका छन् ।

हेर्नुस् सूची

 

 

 

 

 

 

 

मेलम्चीको खानेपानी आजदेखि काठमाडौं उपत्यकाका घरघरमा
फागु पूर्णिमा अर्थात् होली पर्व आज, हिमाली र पहाडी जिल्लामा एकापसमा रंग खेली मनाइँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...