प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता
वि.सं.२०७७ पुस १२ आइतवार ११:५५
काठमाडौं: प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।
भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।
शनिवार मात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।
प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।
र यो पनि पढ्नुहोस्ः
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले किन गरे राजसंस्था फर्कने आशंका
चिनियाँ उपमन्त्री आज नेपाल आउँदै, मिलाउलान त नेकपा विवाद ?
वि.सं.२०७७ पुस १२ आइतवार ११:५५