YouTube Link

सर्वोच्च अदालतको संशोधित नियमावलीमा प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती

मुख्य रजिष्ट्रारले पेशी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेशी सूची तयार गर्दा गोपनियता कायम गर्नुपर्नेछ

Facebook Link

 

काठमाडौं: प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्च अदालतको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

 

सोमबार सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएको हो । अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ ।

 

‘मुख्य रजिष्ट्रारले पेशी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेशी सूची तयार गर्दा गोपनियता कायम गर्नुपर्नेछ’, संशोधित नियमावलीमा लेखिएको  छ ।

 

केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली संशोधन गरेर पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरेको थियो । साथै बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो ।

 

फूलकोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा अनुपस्थित थिए । तर गोलाप्रथामा जाने फूलकोर्ट बैठकको निर्णयमा उनले पछि हस्ताक्षर गरेका थिए ।

 

अब राजपत्रमा नियमावली प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिनेछ । तर ‘फूलकोर्ट’ बैठक बसेर मात्रै लागू गर्ने तयारी छ ।

 

सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली २०७८

 

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...