YouTube Link

सर्वोच्च अदालतको संशोधित नियमावलीमा प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती

मुख्य रजिष्ट्रारले पेशी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेशी सूची तयार गर्दा गोपनियता कायम गर्नुपर्नेछ

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्च अदालतको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

 

सोमबार सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएको हो । अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ ।

 

‘मुख्य रजिष्ट्रारले पेशी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेशी सूची तयार गर्दा गोपनियता कायम गर्नुपर्नेछ’, संशोधित नियमावलीमा लेखिएको  छ ।

 

केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली संशोधन गरेर पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरेको थियो । साथै बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो ।

 

फूलकोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा अनुपस्थित थिए । तर गोलाप्रथामा जाने फूलकोर्ट बैठकको निर्णयमा उनले पछि हस्ताक्षर गरेका थिए ।

 

अब राजपत्रमा नियमावली प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिनेछ । तर ‘फूलकोर्ट’ बैठक बसेर मात्रै लागू गर्ने तयारी छ ।

 

सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली २०७८

 

 

 




X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...