अस्पतालको आइसोलेसन कक्षलाई स्वास्थ्य सामग्री हस्तान्तरण
वि.सं.२०७८ भदौ ७ सोमवार १४:२९
2.2K
shares
रामेछाप: मन्थलीको तामाकोसी अस्पतालमा रहेको आइसोलेसन कक्षका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
रिड नेपाल र एएसविको आर्थिक सहयोगमा अस्पतालका लागि तामाकोसी पुस्तकालयले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
पुस्तकालयका अध्यक्ष गुन्जबहादुर श्रेष्ठले अस्पतालका अध्यक्ष गोविन्द प्रसाद घिमिरेलाई आइसोलेसन कक्षमा आवश्यक पर्ने विभिन्न २१ प्रकारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिएको पुस्तकालयका अध्यक्ष गुन्जबहादुर श्रेष्ठले बताए ।
जिल्लाकै सवैभन्दा बढी कोरोना संक्रमितहरुले उपचार गर्ने अस्पतालका रुपमा रहेको यस अस्पताललाई पुस्तकालयले अक्सिनज सिलिन्डर, पिपिइ सेट, वाटर डिस्पेन्सर, नेबुलाइजनर, बेड सिट, थर्मोमिटर, बुट, फुट स्टेप, बिपि सेट, ग्लोब्स, बेसिन लगायतका विभिन्न २१ प्रकारका सामग्रीहरु उपलब्ध भएको अस्पतालका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।
पुस्तकालयले यस अगाडि मन्थली नगरपालिका वडा नं २ को टेकनपुर शहरी स्वास्थ्य केन्द्र र कठजोर स्वास्थ्य चौकिलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
पुस्तकालयका अध्यक्ष गुन्जबहादुर श्रेष्ठले उक्त वडाका वडा अध्यक्ष तरणी शंकर अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य चौकिहरुलाई पिपीइ सेट, थर्मोगन, ग्लोब्स, अक्सोमिटर, फेस सिल, सेनिटाइजर लगायतका सामग्रीहरु प्राप्त भएको वडा अध्यक्ष तरणी शंकर अधिकारीले जानकारी दिए ।
वि.सं.२०७८ भदौ ७ सोमवार १४:२९



















