YouTube Link

जसपाका अध्यक्ष उपेन्द्र यादव समूहलाई दुई तिहाइ बहुमत प्राप्त, रेशम चौधरी तटस्थ बसे

आधिकारिकता टुंग्‍याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले बोलाएको थियो

Facebook Link

काठमाडौं: जसपाका अध्यक्ष उपेन्द्र यादव समूहलाई दुई तिहाइ बहुमत प्राप्त भएको छ ।

निर्वाचन आयोगले आधिकारिकता टुंग्‍याउन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिलाई निर्वाचन आयोग बोलाएको थियो ।

 

आधिकारिकता दाबी गरेको अध्यक्ष यादव समूहको पक्षमा दुईतिहाइ बहुमत प्राप्त गर्दा अर्का अध्यक्ष महन्थ ठाकुर समूहमा १६ जना मात्रै देखिए ।

 

अध्यक्ष ठाकुर समूहका राजकिशोर यादव, मनिष सुमन लगायतका प्रभावशाली नेताहरूले समेत अध्यक्ष यादवलाई नै साथ दिए ।

 

यसैबीच समिति सदस्य तथा निलम्बित सांसद रेशम चौधरी पार्टीको विवादमा तटस्थ बसे । सनाखतका लागि आयोगमा उपस्थित भएका चौधरीले भने, ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।’

 

अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई आफूहरू पूर्णरूपमा ढोका बन्द नगरेको बताएका छन् । अर्का अध्यक्ष ठाकुर पक्ष आफैँ निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लक्ष्यमा लागेर प्रतिगमनको पक्षमा भएको उनको भनाइ थियो ।

 

नेता राजेन्द्र महतोले भने पार्टीमा आफूहरू अल्पमतमा परे पनि विचलित नहुने बताएका छन् । प्राविधिक विभाजनबाट कुनै असर पर्नेवाला नभएको उनको तर्क छ ।

 

उपेन्द्र यादव समूह:

 

उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, गोविन्द चौधरी, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, अमृतादेवी अग्रहरी, रामनरेश राय यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकमारी यादव, लालबाबु राउत, हिसिला यमी, हेमराज राई, गंगानारायण श्रेष्ठ, रणध्वज कन्दङ्वा, रामसहाय प्रसाद यादव, डम्मरु बल्लभ खतिवडा, प्रकाश अधिकारी, मोहम्द ईस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रसान्त सिंह, भक्तबहादुर शाह, शुशिला श्रेष्ठ, विजयकुमार यादव, रमेशप्रसाद यादव, गजाधर रोहिता यादव र मनिषकुमार सुमन छन् ।

 

महन्थ ठाकुर समूह:

 

महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, वृषेशचन्द्र लाल, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, केशबकुमार झा, अकवाल अहमद शाह, दानबहादुर विश्वकर्मा, निर्जला राउत र सुनीलकुमार झा छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...