कोरोना भाईरस संक्रमणले चीनमा मृत्यु हुनेको संख्या ९ सय नाघ्यो
वि.सं.२०७६ माघ २७ सोमवार ०९:११
1.3K
shares
एजेन्सीः कोरोना भाइरसको संक्रमणबाट चीनमा एकै दिन ९७ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिन मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो । कोरोना संक्रमणको महामारीबाट ९ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये ९ सय ८ जना चिनियाँ नागरिक हुन ।
मृत्यु हुने अन्य दुई जना गैह्र चिनियाँ छन । एक जना अमेरिकी र जापानीको पनि कोरोनाबाट मृत्यु भएको छ । कोरोनाको महामारी फैलिएको डेढ महिनामा ४० हजार १ सय ७१ जना संक्रमित भएका छन । वुहानबाट फैलिएको कोरोना भाइरसको अहिलेसम्म विश्वका ३० मुलुकमा देखिएको पुष्टि भइसकेको छ ।
कोरोना संक्रमितलाई बचाउँन चीनले छुट्टै अस्पताल निर्माण गरेर उपचार गरे पनि नियन्त्रणमा आउन सकेको छैन । यसअलवा चिनले आफ्ना मुलुकका नागरिकलाई आन्तरिक यात्रामा समेत प्रतिबन्ध लगाएको छ । कोरोनाले महामारीको रुप लिएपछि विश्व स्वास्थ्य संगठनले संसारभर स्वास्थ्य आपतकाल समेत घोषणा गरेको छ ।
यसैबी हङकङमा चार दिनसम्म पानीजहाजमा बन्धकजस्तो बनेका हजारौं मानिसहरूलाई कोरोनाभाइरसको परीक्षणपछि मुक्त गरिएको छ । अघिल्लो यात्राका क्रममा केही कर्मचारीहरू मार्फत् कोरोना भाइरस पानीजहाजमा रहेकाहरुमा पनि सरेको हुनसक्ने आशङ्काका कारण वर्ल्ड ड्रीम क्रुजका तीन हजार ६ सय यात्रु र चालक दललाई निगरानीमा राखिएको थियो ।
वि.सं.२०७६ माघ २७ सोमवार ०९:११




















