YouTube Link

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदै

Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेल हुँदैछ । लिगको १२औं चरणको खेल अन्तर्गत पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स, दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब भिड्दैछन् ।

तीनै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । फ्रेन्ड्सलाई शीर्ष ६ को दौडमा कायम रहन एपीएफलाई हराउँनै पर्ने दबाब छ । एक हारले समेत फ्रेन्ड्स शीर्ष ६ को दौडबाट बाहिरिनेछ । यता, रेलिगेशन जोनबाट बच्न संघर्षरत एपीएफ समेत दबाबमा छ । अर्को सिजन बी डिभिजनमा घटुवा हुनबाट बच्न एपीएफलाई जित निकाल्नै पर्ने दबाब छ । बराबरी वा हारको नतिजाले विभागीय टिमको रेलिगेशन जोखिम अझ बढ्नेछ ।

अर्को खेलमा रेलिगेशनबाट जोगिएको च्यासललाई शीर्ष ६ को दौडमा गणितिय रुपमा कायम रहन सरस्वतीबिरुद्व जित आवश्यक छ । रेलिगेशनबाट बच्न संघर्षरत पुछारको टिम सरस्वती च्यासललाई पराजित गर्न चाहान्छ । च्यासल १२ अंक सहित तालिकाको १० औं स्थानमा छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ ।

यस्तै, लिगको उपाधि होडमा रहेको मछिन्द्रले संकटाबिरुद्व जित निकाल्दै मछिन्द्रलाई लिगको शीर्ष स्थानमा उक्लिने अवसर समेत छ । शीर्ष ६ मा पर्ने लक्ष्य राखेको संकटा समेत तीन अंक चाहिएको छ । मछिन्द्र २५ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । संकटा १५ अंक सहित तालिकाको सातौ स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...