YouTube Link

ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

World Cup 2026
Facebook Link

काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेलहरु हुनेछन । पहिलो खेलमा उपाधिको दावेदार त्रिभुवन आर्मीले ब्रिगेड ब्याइजसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै आजको दोस्रो खेलमा थ्रिस्टारले न्यूरोड टिम एनआरटीसँग खेल्नेछ ।

दिनको तेस्रो खेलमा नेपाल पुलिसले मनाङ मस्र्याङदीको सामना गर्नेछ । सातदोबाटो स्थित एन्फा मैदानमा विहान पौने नौ बजे हुने खेलमा आर्मीले ब्रिगेड ब्वाइजसँग खेल्नेछ । आज आर्मीले बीबीसीलाई पराजित गरेमा फेरी शिर्ष स्थानमा उक्लनेछ । यसका साथै उपाधिका लागि लिगको अन्तिम खेलमा मच्छिन्द्रको खेलले उपाधिको छिनोफानो गराउनेछ । मच्छिन्द्र भन्दा दुई अंकले पछाडी रहेको आर्मी पहिलो पटक ए डिभिजन लिग जित्ने संघारमा रहेको छ । यता ब्रिगेड ब्याइज १२ औं स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा लिगको चौथो स्थानमा रहेको थ्रीस्टारले न्यूरोड टिम एनआरटीसँग खेल्नेछ । उपाधिको होडबाट बाहिरीसकेको थ्रीस्टार आज न्यूरोड टिम विरुद्ध जित निकाल्दै शिर्ष ६ को यात्रा पक्क गर्नेछ । उसले ११ खेलमा ६ मा जित निकाल्दै २० अंक बोकेको छ । यता शिर्ष ६ मा रहनले प्रयासमा रहेको न्यूरोड टिम आज थ्रीस्टार विरुद्ध नतिजा निकाल्ने लक्ष्यमा छ । उसको ११ खेलमा पाँच जितमा १५ अंक छ ।

लिग अन्तर्गत नै आजको तेस्रो खेलमा नेपाल पुलिस क्लवले मनाङ मस्र्याङदीसँग खेल्नेछ । लिगको तेस्रो स्थानमा रहेको मनाङले विभागिए टिम पुलिस विरुद्ध तीन अंक बटुल्दै उपाधि आफुलाई शिर्ष तीनमा राख्ने लक्ष्यमा हुनेछ । यस्तै लिगको छैटौं स्थानमा रहेको पुलिस भने मनाङ विरुद्ध तीन अंक खोस्ने लक्ष्यमा छ । आजको खेलमा मनाङविरुद्ध जित निकालेमा पुलिसको शिर्ष ६ रहने संभावना बलियो हुनेछ । उसका ११ खेलमा १७ अंक छ । मनाङको ११ खेलमा २२ अंक छ । लिगबाट सरस्वती युथ क्लब एक खेल अगाबै घटुवा भईसकेको छ । अब लिगको विजेता र शीर्ष ६ मा रहने टोलीको टुंगो लाग्न बाँकी छ । शीर्ष ६ भित्र रहने टिमले राष्ट्रिय लिग खेल्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...