YouTube Link

न्युनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली, उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात

Facebook Link

काठमाडौं: देशैभर मौसममा आएको बदली अझै कायम रहने मौसम पुर्वअनुमान माहाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भुभागमा भारी हिमपात, देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जानएको छ । काठमाडौं उपत्यका सहित देशका अधिकाँस भागको मौसममा गडबडी हुँदा केही स्थानमा हवाइउडान समेत प्रभावित भएका छन् ।

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने र देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि चल्ने संभाबना रहेको महाशाखाले जनाएको छ ।

विशेषगरि भुमध्य सागरमा उत्पादन भएको पश्चिमि न्यून चापिय प्रणालीको विस्तारले नेपालको पश्चिमि वायुबाट मौसम प्रभावित भएको महाशाखाले जनाएको छ । पश्चिमि वायुले पश्चिमि तराइ र तल्लो पहाडी भुभागमा छिटो प्रभाव पारेको हो । हिमपात, रिमझिम परेको पानी र खुल्न नसकेको मौसमले जनजीवन प्रभावित बनेको छ ।

यसैबीच हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । हुम्लामा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडानसमेत प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको एकमात्रै यातायातको माध्यम हवाइसेवा समेत बन्द भएको सिमकोट विमानस्थलले जनाएको छ ।

उडान बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने यात्रु समस्यामा परेका छन् । चिसो अत्यधिक बढेपनि हिउँदे बाली गहुँ, जौलाई हिमपातले राम्रो हुने हुँदा किसान भने हर्षित भएका छन । यता मनाङमा पनि हिउँ पर्न थालेसँगै तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेटसम्म झरेको छ ।

चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अन्नपुर्ण पदमार्ग र तिलिचो ताल भ्रमणमा गएका पर्यटकहरु मनाङको बिभिन्न स्थानबाटै फर्कन थालेका छन् । यता बैतडीको सतबाँझ, खोड्पे, श्रीभावर, सिगासधुरा, रौलाकेदार, जित्कीजुवाँड, ग्वाल्लेकधुरा लगायतका उच्च भेगमा पनि हिमपात भैरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...