Health Ad
YouTube Link

न्युनचापीय प्रणालीको प्रभावले देशभरको मौसममा बदली, उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात

Khanepani Dhal
Facebook Link

काठमाडौं: देशैभर मौसममा आएको बदली अझै कायम रहने मौसम पुर्वअनुमान माहाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भुभागमा भारी हिमपात, देशैभर हल्का वर्षा र केही स्थानमा हावाहुरी चल्ने मौसम पूर्वानुमान महाशाखाले जानएको छ । काठमाडौं उपत्यका सहित देशका अधिकाँस भागको मौसममा गडबडी हुँदा केही स्थानमा हवाइउडान समेत प्रभावित भएका छन् ।

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने र देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि चल्ने संभाबना रहेको महाशाखाले जनाएको छ ।

विशेषगरि भुमध्य सागरमा उत्पादन भएको पश्चिमि न्यून चापिय प्रणालीको विस्तारले नेपालको पश्चिमि वायुबाट मौसम प्रभावित भएको महाशाखाले जनाएको छ । पश्चिमि वायुले पश्चिमि तराइ र तल्लो पहाडी भुभागमा छिटो प्रभाव पारेको हो । हिमपात, रिमझिम परेको पानी र खुल्न नसकेको मौसमले जनजीवन प्रभावित बनेको छ ।

यसैबीच हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । हुम्लामा हिमपात सुरु भएसँगै जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा अन्तर जिल्ला पुग्ने हवाई उडानसमेत प्रभावित भएको छ । हिमपातका कारण जिल्लाको एकमात्रै यातायातको माध्यम हवाइसेवा समेत बन्द भएको सिमकोट विमानस्थलले जनाएको छ ।

उडान बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने यात्रु समस्यामा परेका छन् । चिसो अत्यधिक बढेपनि हिउँदे बाली गहुँ, जौलाई हिमपातले राम्रो हुने हुँदा किसान भने हर्षित भएका छन । यता मनाङमा पनि हिउँ पर्न थालेसँगै तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेटसम्म झरेको छ ।

चिसोका कारण जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अन्नपुर्ण पदमार्ग र तिलिचो ताल भ्रमणमा गएका पर्यटकहरु मनाङको बिभिन्न स्थानबाटै फर्कन थालेका छन् । यता बैतडीको सतबाँझ, खोड्पे, श्रीभावर, सिगासधुरा, रौलाकेदार, जित्कीजुवाँड, ग्वाल्लेकधुरा लगायतका उच्च भेगमा पनि हिमपात भैरहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...