YouTube Link

संयुक्त युवा फुलबारी समूहको सशक्त अभियान

Facebook Link

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका–४ साविक वलने ९ दशमी बजारस्थित संयुक्त युवा फुलबारी समूहले सशक्त अभियान अन्तर्गत समाजमा हुने गरेको बिकृति–विसंगतीलाई रोक्ने कार्य गर्दै आईरहेको छ । त्यसैगरी समुहले ज्येष्ठ नागरिक सम्मान, स्थानीय वडा नं. ४ र स्वास्थ्य चौकी वलनेको साझेदारीमा लागुऔषधविरुद्धको अभियान पनि चलाएको छ ।

 

त्यस्तै समुहले बाढी पिडित लगायत दिर्घ रोगीहरुको पहिचान गरि आर्थिक तथा भौतिक कार्यमा सहयोग गर्दै आईरहेको छ । स्थानीय गोरेटो बाटोहरुको मर्मत गर्नुका साथै स्थानीय बजार लगायत त्यस क्षेत्रमा रहेको वरिपरिको संघ संस्थहरुमा सरसफाई लगायत अन्य धेरै समाजमा हित हुने कार्यहरु समुहले निरन्तर रुपमा गर्दै आईरहेको छ ।

 

संयुक्त युवा फुलबारी समूहले अहिलेको विषम परिस्थितिमा समुहलाई वडा, गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय समाजसेवी युवाहरुबाट आर्थिक तथा भौतिक कार्यले समुहलाई यस बिन्दुमा ल्याई पुर्याईएको समुहका अध्यक्ष भुपाल राई, कोषाध्यक्ष दिपेन कोयु र सचिव रुबेन राईले संयुक्त रुपमा जानकारी गराए ।

 

स्थानीय युवाहरु मिलि बेरोजगारको समस्या समाधान गर्ने, युवा उद्यमीलाई स्वारोजगार बन्ने वातावरण मिलाउने, स्थानीय कला सांस्कृतिको जगेर्ना गर्ने, स्थानीय पर्यटकीय ठाउँहरुको पहिचान गरि प्रचारप्रशारलाई तिब्र बनाउने, स्थानीय उत्पादनहरुलाई यहीको युवाहरुद्वारा आधुनिक तरिकाले उत्पादन गर्ने र समुहलाई अब्बल बनाई स्थानीय तह हुँदै राष्ट्रलाई नै समृद्धिको बाटो तर्फ धकेल्ने लक्ष्य लिएको समुहको भावी योजना रहेको छ ।

 

संयुक्त युवा फुलबारी समूह २०६८ सालमा स्थापना भई जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन २०३४ अनुसार २०६८ साउन ६ गते दर्ता गरिएको हो । त्यसैगरी आन्तरिक राजश्व विभाग स्थाई लेखा नम्बर ६००७१९२०५ रहने गरि २०६९ असोज ७ गते दर्ता भएसँगै २०७९ असोज ११ गते समाज कल्याण परिषदको आवद्धता नम्बर ३५९०७ दर्ता भई समाज कल्याण ऐन २०४९ समाज कल्याण नियामावली २०४९, परिषदको नीति, नियम तथा प्रचलित नियम कानुन बमोजिम दर्ता भएको हो ।

 

यस समुहलाई स्थानीय सदस्य गणेश कोयु राईको छोरा सुजन कोयु राईले १ रोपनी जग्गा निःशुल्क रुपमा प्रदान गरेसँगै समुहको आफ्नै स्वामित्वको वडा र गाउँपालिकाको आर्थिक सहयोगमा एक तले भवन निर्माण सम्पन्न गरेको छ । वडा गाउँपालिकाकै आर्थिक सहयोगमा भवन निर्माणको प्रक्रिया अघि बढिरहेको छ ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...