YouTube Link

बिजय एफसीले  उचाल्यो प्रथम बाटिका क्रियशन बुटिक कपको उपाधि

Facebook Link

काठमाडौं: बक्स अफिस इन्टरनेसनल ग्रुपद्वारा सञ्चालित प्रथम  बाटिका क्रियशन  प्रमोसन  फुटबल कपको उपाधि बिजय एफसीले उचालेको छ । एक दिवसीय फुटबल  प्रतियोगितामा आयोजक बक्स अफिस फुटबल एकेडमी, माहागुरु (एमजि) एफसी, बिजय एफसी, सेभेन स्टार एफसी, टाइगर  एफसी, एनवाइसि ११,  क्रान्ति भैरव मिडिया प्रा.लि., कपन एफसिबीच प्रतिष्पर्धा भएको थियो ।

 

क्वाटरफाइनलको पहिलो खेलमा आयोजक  बक्स अफिस फुटबल एकेडमीले एम जिलाई  २-० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । त्यसैगरी अर्को दोस्रो क्वाटरफाइनल खेलमा  बिजय एफसीले टाइगर एफसीलाई  ५-२ गोल अन्तरले हराउँदै सेमिफाईनल प्रवेश गरेको थियो । त्यसैगरी बिजि बदरले  एनवाइसी ११ लाई सडन डेथमा स्तब्ध पार्दै सेमिफाइनल पुग्यो भने काल भैरवलाई ०-१ गोल अन्तरले हराउँदै सेभेन स्टार एफसी सेमिफाइनल प्रवेश गरेको थियो ।

 

सेमिफाइनलमा बिजय एफसीले सेभेन स्टारलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गर्यो भने बक्स अफिस फुटबल एकेडेमी पराजित गर्दै बिजि बदरले फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्तमा बिजय एफसीले बिजि बदर फुटसललाई ३-१ गोल अन्तरले पराजित गर्दै प्रथम  बाटिका क्रियशन कपको उपाधि उचाल्यो ।

 

बक्स अफिस इन्टरनेसनल ग्रुपले सञ्चालन गरेको बक्स अफिस फुटबल एकेडेमीको आयोजनामा तथा बाटिका क्रियशन थापागाउ नयाँ बानेश्वर काठमाडौको सहकार्यमा आयोजना भएको प्रथम बाटिका क्रिशयन बुटिक फुटबल कप २०८२ कार्यक्रमको अध्यक्ष आरके सुबेदीले ब्याक टु ब्याक आफ्नो प्रतियोगिताहरु सफल हुँदै गएकोमा सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रतियोगिताको सभापति तथा बाटिका क्रियशन बुटिकको प्रमुख अतिथि गोमा अधिकारी (धिताल) ले यस्तो रचनात्मक प्रतियोगिताले आफ्नो मात्रै होइन सम्पुर्ण बुटिक व्यवसायीहरुको शिर उच्च राखेकोमा खुसी व्यक्त गरे । उनले उत्कृष्ट खेल्ने सम्पुर्ण खेलाडी, अफिसियल र रेफ्रीहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी संस्करण अझै भब्य गर्न आफ्नो कम्पनीले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

 

प्रतियोगिताका बिजेता उपबिजेता तथा उत्कृष्ट खेलाडीहरुले बाटिका कपको आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र मुभी टिकट प्राप्त गरेका थिए । बिजेताहरुलाइ वरिष्ठ कलाकार कमलकान्त मैनाली, वरिष्ठ कलाकार निर्माता निर्देशक रामभक्त श्रेष्ठ, वरिष्ठ निर्माता कलाकार सरोज शर्मा, वरिष्ठ कलाकार निर्माता निर्देशक आरके मानन्धर, वरिष्ठ स्वस्थ्यकर्मी कलाकार सुनिता भट्टराई, निर्माता कलाकार गणेश थापामगर, इलाइट फुटसलका सञ्चालक श्याम श्रेष्ठ, युवाउधमी सुर्य खड्काले सामुहिक रूपमा  पुरस्कार वितरण गरेका थिए ।

 

प्रतियोगिता सम्पन्न गराउन रिलिज मिति घोषणा गरेका विभिन्न चलचित्र, स्टुडियो, सिनेमाहल र कम्पनीहरुले सहकार्य गरेको थिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...