YouTube Link

प्रहरी कुट्ने कसैलाई नछोड्न गृहमन्त्रीको निर्देशन

Facebook Link

काठमाडौं: गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भएपनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

 

गृहमन्त्री लेखकले त्यस्ता घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई निर्देशन दिएका हुन् । बुधबार बिहान गृहमन्त्रालयमा प्रहरी प्रमुख कुवँरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

 

प्रहरीलाई गरिएका आक्रमणका घटना छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि उनले निर्देशन दिएको सचिवालयले जनाएको छ । मुलुकका केही स्थानमा केहीदिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोमा सचेतता अप्नाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड दिए ।

 

‘घटनामा संलग्न जो सुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने, ‘समाजमा शान्ति सुरक्षामा खलल् पुर्‍याउने, समाजको पहरेदारीमा खटिने कर्मचारीमाथि जाइलाग्ने जोकोही भए पनि कानूनी दायरामा ल्याउन भनिसकेको छु ।’ गत माघ २४ गते काठमाडौंको ठमेललस्थित सार्वजनिक सडकमा ड्युटीरत दुईजना प्रहरीलाई कुटपिट भएको थियो ।

 

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको ‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) का दुईजना प्रहरीमाथि मध्यराति १२ बजे नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताहरूले कुटपिट गरेका थिए । ६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका बेला सम्झाउन खोज्दा प्रहरीलाई कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । यीसहितले मोटरसाइकलमा ड्युटीरत प्रहरीलाई लडाएर कुटपिटपछि लौरोसमेत फ्याँकिदिएका थिए ।

 

उक्त प्रकरणमा पक्राउ पर्नेहरूमा ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल र डडेल्धुराका २६ वर्षीय रमेश फुलारा छन् । उनीहरू दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल) का विद्यार्थी हुन् । तर उक्त घटनामा संलग्न अनेरास्ववियुका अर्का नेतालाई जोगाइएको आरोप लागिरहेका बेला गृहमन्त्रीको यस्तो निर्देशन आएको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...