क-कसले पाए दालमान पुरस्कार तथा सम्मान ?

वि.सं.२०८१ माघ २० आइतवार १२:१४
609
shares
काठमाडौं: स्वर्गीय संविधानसभा सदस्य दालकुमारी सुनुवार र उनका श्रीमान् भू.पू.ले. मान बहादुर सुनुवारको नामबाट विवाहको स्वर्ण उत्सवको अवसरमा २०६३ सालमा स्थापिन दालमान पुरस्कार तथा सम्मान प्रदान कार्यक्रम शनिबार नेपाल पर्यटन बोर्डमा सम्पन्न भएको छ ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दालमान अक्षयकोषका अध्यक्ष नेपाली सेनाका सेवा निवृत्त ब्रिगेडियर जनरल राजेन्द्रप्रसाद सुनुवार (अप्रा) को अध्यक्षता सम्पन्न भएको हो ।
सम्मान कार्यक्रममा कवि तथा लेखिका तारादेवी सुनुवारलाई नगद रु. ४०,००० सहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै ख्याति प्राप्त वरिष्ठ चित्रकार टेकवीर मुखिया, वरिष्ठ नाटककार मनबहादुर मुखिया, कराते खेलाडी सीमा सुनुवार, ८० वर्षको उमेरमा कक्षा १२ उत्तीर्ण गरी शिक्षा आर्जनको लागि उमेरले रोक्दैन भन्ने उदाहरण प्रस्तुत गर्ने रत्नकुमारी सुनुवारलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

वि.सं.२०८१ माघ २० आइतवार १२:१४