भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले उचाल्यो उपाधि
वि.सं.२०८१ साउन १३ आइतवार १८:४१
993
sharesएजेन्सी: साविक बिजेता भारतलाई पराजित गर्दै श्रीलंकाले पहिलो पटक एसिसी एसिया कपको उपाधि उचालेको छ । आइतबार भएको फईनल खेलमा भारतलाई श्रीलंकाले ८ विकेटले पराजित गरेको हो । भारतले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
श्रीलंकाका लागि हर्शिता समराविक्रमाले सर्वाधिक अविजित ६९ रन बनाईन् । उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् । ओपनर तथा कप्तान चमिरा अथापाथ्थुले ६१ रन बनाईन् । उनले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् । कप्तान अथापाथ्थु र समराविक्रमाले दोस्रो विकेटका लागि ६३ बलमा ८७ रनको साझेदारी गर्दै टिमलाई च्याम्पियन बनाउने आधार तयार गरे । कबिसा दिलहारीले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित ३० रन बनाईन् । तेस्रो विकेटका लागि समराविक्रमा र दिलहारीले ४०बलमा अविजित ६३ रनको विजयी साझेदारी गरेका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । भारतका लागि ओपनर स्मृती मन्धनाले सर्वाधिक ६० रन बनाईन् । स्मृतीले ४७ बलमा १० चौका प्रहार गरेकी थिइन् । रिचा घोषले ३० रन बनाइन् । उनले १६ बलमा ३ चौका र १ छक्का प्रहार गरिन् । जेमिमा रोड्रिगेजले १६ बलमा १८, अर्की ओपनर शेफाली बर्माले १६ रन बनाईन् । कप्तान हरमन प्रित कौरले ११, उमा क्षेत्रीले ९ रन बनाइन् । श्रीलंकाका लागि केबिसा दिलारीले २, सचिनी निसानसाला, उदेशिका प्रबोधनी र कप्तान चमिरा अथापाथ्थुले समान १ विकेट लिइन् ।
भारतलाई पराजित गर्दै श्रीलंका पहिलो पटक च्याम्पियन बनेको हो । पराजित भारत ७ पटकको च्याम्पियन हो । महिला एसिया कपको ईतिहासमा भारत दोस्रो पटक फाइनलमा पराजित भएको हो । यसअघि २०१८ को एसिया कपको फाइनलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।
वि.सं.२०८१ साउन १३ आइतवार १८:४१