YouTube Link

शिक्षाको गुणस्तर राम्रो भएमा मात्र बालबालिकाको संस्कार राम्रो हुन्छः उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार

Facebook Link

 

रामेछाप: उमाकुण्ड गाउँपालिकाको वडास्तरीय अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आज उमाकुण्डको वडा नम्बर ५ मा सम्पन्न भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले शिक्षामा धेरै काम गर्दैछौं तर मुल्यांकन गरेका छैनौं । शिक्षाबाट नै समाज परिवर्तन हुने भएकाले बालबालिकालाई  शिक्षाबाट बञ्चित नगराउनमा जोड दिए । शिक्षाको गुणस्तर राम्रो भएमा मात्र बालबालिकाको संस्कार राम्रो हुने बताउँदै पालिका अध्यक्ष सुनुवारले शिक्षा दिएमा मात्र बालबालिकाको भविष्य सकारात्मक हुने बताए ।

 

कार्यक्रमको अध्यक्षता गरेका उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कुल बाहादुर बस्नेत ‘बिकास’ले सरोकारवालाहरुले आ-आफ्नो ठाउँबाट शिक्षाको निम्ति लागि परेको बताउँदै कम्तीमा ४ वर्ष देखि १३ वर्षसम्मका बालबालिकाहरुलाई खोजी खोजी विद्यालयमा ल्याई भर्ना गराउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरी सरस्वती माविका प्रधानाध्यापक कल्याण कुमार सुनुवारले उमकुण्ड ५ का विद्यार्थी मात्रै यस विद्यालयमा अध्ययन गरिरहेको बताए ।

 

 

त्यस्तै उमाकुण्ड ५ का नेपाली काङ्ग्रेस सभापति महेश भण्डारीले नि:शुल्क शिक्षाको लागि नेपाली काङ्ग्रेसले मुख्य भूमिका खेलेको बताए । नि:शुल्क शिक्षा पाउनु बालबालिकाको अधिकार भएको बताउँदै बालिबालिकालाई शिक्षाबाट बञ्चित नगराउन आग्रह गरे । त्यसैगरी सरस्वती माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीन कुमार सुनुवारले सबै बालबालिकाका शिक्षाबाट गरिब भए भन्दैमा बञ्चित गराउन नहुने धारणा व्यक्त गरे ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...