YouTube Link

डेढ दर्जन नेपाली सेनाका अधिकृतको सरुवा, को कहाँ पुगे ?

Facebook Link

 

काठमाडौं: नेपाली सेनाले डेढ दर्जन अधिकृतहरुको सरुवा गरेको छ । सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई केही दिन अघि काज नियुक्ति (पदस्थापन) र सरुवा गरेको हो ।

 

सैनिक स्रोतका अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ । नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ ।

 

गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला, महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ । नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान, नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ ।

 

चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक इण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन् । प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन् । उनी युद्धभैरव गणमा थिए । सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । उनीहरु क्रमशः भैरववाहन गुल्म, भैरवदल गण, वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ। नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८३ साउन ७ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८३ साउन ७ बिहीवार ०७:२९

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...