YouTube Link

डेढ दर्जन नेपाली सेनाका अधिकृतको सरुवा, को कहाँ पुगे ?

Facebook Link

 

काठमाडौं: नेपाली सेनाले डेढ दर्जन अधिकृतहरुको सरुवा गरेको छ । सेनाले प्रमुख सेनानीसहितका अधिकृतहरुलाई केही दिन अघि काज नियुक्ति (पदस्थापन) र सरुवा गरेको हो ।

 

सैनिक स्रोतका अनुसार सैनिक प्रहरी गणका प्रमुख सेनानी दिनेश गौतमलाई नेपाली सैनिक वार कलेजमा लगिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख सेनानी सुभाषचन्द महत सैनिक कमाण्ड तथा स्टाफ कलेज पुगेका छन् । सेनानी विशालबहादुर शाहको सैनिक प्रहरी गणमा सरुवा भएको छ । नेपाली सैनिक प्रतिष्ठानका सहसेनानी भीमसेन देवकोटालाई सुरक्षा तथा समारोह व्यवस्था सचिवालय, प्रधानमन्त्रीको कार्यालय, भगवतीदल गणका सहसेनानी भीमबहादुर भुजेललाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ ।

 

गुरुबक्स गुल्मका सहसेनानी सरोज कोइराला, महावीर गण (रेञ्जर) का सहसेनानी अरुण थापा र कालीभञ्जन गण (ई) का सहसेनानी शिखा गुरुङको नेपाली सैनिक प्रतिष्ठानमा पदस्थापन गरिएको छ । नम्बर ६ युद्धकवच गुल्मका सहसेनानी अमिर मोक्तान, नम्बर १५ बाहिनी अड्डाका क्याप्टेन गोविन्द थापा र नम्बर १ राजदल गणका सहसेनानी सुशान्तसिंह भण्डारीको पदस्थापन पनि प्रतिष्ठानमै भएको छ ।

 

चरक (गुप्तचर) बाहिनीका सहसेनानी कृष्णबहादुर थापा सैनिक इण्टेलिजेन्स शिक्षालयमा काज नियुक्ति भएका छन् । प्रधानसेनापतिको कार्यालयमा सहसेनानी राजु श्रेष्ठ आएका छन् । उनी युद्धभैरव गणमा थिए । सहसेनानी अस्मित सिल्वाल,राजु श्रेष्ठ, डा.अविन अधिकारीलाई सैनिक उच्च शिखर शिक्षालयमा लगिएको छ । उनीहरु क्रमशः भैरववाहन गुल्म, भैरवदल गण, वीरेन्द्र अस्पतालमा कार्यरत थिए । पशुपतिप्रसाद गणका उपसेनानी प्रशान्त फडेराको नेपाली सैनिक व्याटल स्कूलमा सरुवा भएको छ। नेपाली सेनाले एकै पटक उनीहरुको सरुवा गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...