YouTube Link

अन्तत: सभापति देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आज बिहान ९ बजेदेखि सुरु हुने भएको छ । चुनावी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति जनाउँदै सभापति शेरबहादुर देउवाले बन्दसत्रको तालिका सारेर पदाधिकारीसँग छलफल गरेका हुन् ।

 

महासमिति बैठकको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताएका थिए । अहिलेको गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला नभएको देउवाको दाबी छ । उनले शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने पनि बताए ।

 

अन्तत सभापति देउवा महामन्त्री गगन थापाको प्रस्तावमा सहमत भएका छन् । अर्को चुनावमा कांग्रेसको चुनाव चिह्नमा मात्रै भोट हाल्न दिनुपर्ने थापाको प्रस्तावमा सभापति देउवा सहमत भएको जनाइएको छ । महासमिति बैठक उद्घाटनपछि मध्यरातसम्मै देउवाको बूढानीलकण्ठस्थित निवासमा ६-७ घण्टा लामो छलफल भएको थियो । १० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन् । बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ ।

 

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...