क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड रुपैयाँसहित तीन जना पक्राउ
वि.सं.२०८० माघ ५ शुक्रवार १२:१४
1.5K
shares
काठमाडौं: राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् ।
विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागका अधिकृतहरु बताउँछन् । पक्राउ परेकाहरुविरुद्ध शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्न म्याद लिने विभागको तयारी छ ।
वि.सं.२०८० माघ ५ शुक्रवार १२:१४



















