आईसीसी यू-१९ विश्वकप क्रिकेट आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदै, नेपालको पहिलो खेल आइतबार न्यूजिल्याण्डसँग
वि.सं.२०८० माघ ५ शुक्रवार ११:५५
1.9K
shares
काठमाडौं: आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् ।
विश्वकपमा नेपालसहित १६ वटा टोली सहभागिता छन् । प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा परेको छ । यसपटक विश्वकप यसअघि श्रीलंका गर्ने तय गरिएपनि आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि दक्षिण अफ्रिका सारिएको थियो ।
नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल आइतबारमा न्यूजिल्याण्डसँग खेल्नेछ । नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र जनवरी २६ पाकिस्तानको सामना गर्नेछ । अघिल्लो विश्वकपमा पाकिस्तान क्वाटर फाइनल र अफगानिस्तान सेमिफाइनलबाट बाहिरिँदा नेपाल र न्यूजिल्याण्ड सहभागी थिएनन् । शीर्ष ३ मा पर्न सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

विश्वकपमा नेपालको ८ वर्षपछिको यात्रा नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्दैछ । नेपालले पछिल्लो पटक २०१६ मा भएको यू-१९ विश्वकप खेलको थियो । नेपालले उक्त विश्वकपमा न्यूजिल्याण्ड ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गरेका थियो ।
समूह उपविजेता बन्दै क्वाटरफाइलनमा प्रवेश गरेको नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । सोही विश्वकप वेस्ट इन्डिजले जितेको थियो । नेपाल यू-१९ विश्वकप आठौँ पटक खेल्दै छ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।
आइसीसी यू-१९ विश्वकप: माघ ५ देखि २८ गते सम्म
समूह ए: भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका
समूह बी: इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड
समूह सी: अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया
समूह डी: नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान
वि.सं.२०८० माघ ५ शुक्रवार ११:५५



















