YouTube Link

पबित्रा तामाङ हत्या अभियोगमा जालपाका दुई जना प्रकाउ

Facebook Link

 

खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षकी पबित्रा तामाङको हत्या अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३३ वर्षीय दिपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षकी सृजना राईलाई पक्राउ गरेको छ ।

 

कर्तव्य ज्यान मुद्धामा फरार प्रतिवादी दम्पत्तीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रतिवादीलाई ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पुस ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । श्रेष्ठलाई तामाङको हत्या गरी गरगहना लुटपाट गरेको तथा श्रीमती राईलाई श्रीमानले गरेको अपराध ढाकछोपमा मतियारका रुपमा सघाएको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयमा लगेर म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । गत मंसिर १९ गते राती ८ बजेपछि घरबाट हराएकी तामाङ पुस ३ गते अन्दाजी तीन सय मिटर टाढा रहेको बर्खे गोठमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिईन् । उनको शव पात्लेको पत्करले छोपिएको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा बिहे गर्नु अगाडिदेखि नै श्रेष्ठ र तामाङबीच सम्पर्क रहेको खुलेको छ ।

 

ससुरालीमा जेठान दाईको विहेमा जानका लागि अनलाइन सपिङ गरेको सामानको पैसा जुटाउनका लागि श्रेष्ठले तामाङको हत्या गरेको देखिएको डिएसपी खड्काले जानकारी दिए । अनलाइन सपिङको सामान लिन मंसिर १९ गते दिक्तेल पुगेका श्रेष्ठ सामान नलिइ घट्ना घटाएर मात्रै राती घर पुगेको खुलेको छ । तामाङको लुटिएको सुन सहकारीमा लगेर राखेर पैसा जुटाएपछि श्रेष्ठ श्रीमती लिएर ससुराली सुंदेल पुगेका थिए । मंसिर २५ गते बाक्सिलामा खाना खाएका अभियुक्त दम्पत्ती घर पुगेर मंसिर ३० गते काठमाडौं पुगेको देखिएको प्रहरीले जनाएको छ । तामाङ चार छोरीकी आमा हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...