रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासद्वारा जानकारी
वि.सं.२०८० मंसिर १३ बुधवार ०८:१८
2.2K
shares
काठमाडौं: रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत रहेको अवस्थामा तीन नेपालीको मत्यु भएको मस्कोस्थित नेपाली दूतावासले जानकारी रुसी सेनाले दिएको जनाएको छ ।
दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र अनुसार मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, दोलखाको मेलुङ–६ का राजकुमार रोक्का र इलाम–५ का गंगाराज मोक्तान छन् । उनीहरुको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको जानकारीसहित रुसी सेनाका अधिकारीबाट मृत्यु प्रमाणपत्रसमेत प्राप्त भइसकेको दूतावासले जनाएको छ ।
रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपाली पनि रहेको सूचना सार्वजनिक भइरहेका बेला तीन नेपाली मारिएको घटना सार्वजनिक भएको हो । उनीहरुको गत कात्तिक २९ गते तिहारको भाइटीकाका दिन एकैसाथ मृत्यु भए पनि परिवारले दुई सातापछि मात्रै खबर पाएका हुन् । स्याङजाका प्रितम कार्की नेपाली सेनाबाट निवृत्त भएका हुन । दोलखाका राजकुमार रोक्का भने केही वर्षअघिसम्म सशस्त्र प्रहरीमा कार्यरत रहेको र अवधि नपुग्दै राजीनामा दिएका थिए ।
वि.सं.२०८० मंसिर १३ बुधवार ०८:१८



















