ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०८० मंसिर १३ बुधवार ०८:५०
2.1K
shares
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सबीच प्रतिष्पर्धा हुँदैछ । यी दुईवीचको खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा ललितपुरले भने बुटवल लुम्बिनीलाई ले हराएको थियो । आजको खेलमा विजयी हुने टोलीले अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । गत सिजन यी दुई टोलीको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
वि.सं.२०८० मंसिर १३ बुधवार ०८:५०




















