मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन सुरु

 

विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मागेको विश्वासको मतमाथि विभाजन सुरू भएको छ । मत विभाजनका लागि सभामुखको आसनको दायाँ र बायाँ हस्ताक्षरका लागि टेबुलको व्यवस्था  गरिएको छ ।

 

बुधबार प्रदेशसभामा पेश गरेको विश्वासको मतको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभामा मत विभाजनको प्रक्रिया सुरू भएको हो । बैठकमा मुख्यमन्त्री केदार कार्कीले  प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम विश्वासको मत लिने प्रस्ताव सदनसमक्ष राखेका थिए ।

 

९३ जना प्रदेसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीलाई विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । तर, कार्कीलाई गठबन्धनबाट विद्रोही गरेर गएका शेखर कोइराला पक्षका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थन छ । मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाले विश्वासको मत दिने निर्णय गरेका छन् ।

 

कोसी प्रदेशसभामा एमालेका ४० (उपसभामुखसहित),कां ग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।

 

कार्की नेतृत्व कोसी प्रदेश सरकार गठन प्रक्रियामा राप्रपामा तटस्थ छ । गठबन्धनबाट विद्रोह गरेका कांग्रेसका ८ र एमालेका ३९ जना प्रदेशसभा सदस्यको समर्थनमा कार्की गत शनिबार प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।  कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका रामबहादुर राना र कांग्रेसका शम्शेर राईलाई मन्त्रीसमेत नियुक्त गरेका छन् । कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

 

Nishana Seving AD

Alice Education home sports
त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लब केपी ओली कप क्रिकेटको फाइनलमा प्रवेश

वि.सं.२०८० मंसिर १४ बिहीवार १२:१५

  पोखरा: त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप...

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

‘मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ’

वि.सं.२०८० मंसिर १४ बिहीवार ११:५९

  काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावका लागि...

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

बैतडीको झुलाघाटबाट एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट, ओलीले राष्ट्रिय झण्डा फहराएर गर्ने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:१८

  काठमाडौं: नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आजबाट...

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल युएई प्रस्थान, ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने

वि.सं.२०८० मंसिर १४ बिहीवार ०८:०२

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० मंसिर १४ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:१५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

माघ ११ गते राष्ट्रियसभा निर्वाचन गर्ने सरकारको निर्णय

वि.सं.२०८० मंसिर १३ बुधवार १५:४३

  काठमाडौं: राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ...