YouTube Link

हमास आक्रमणमा मृत्यु भएका १० र त्यहा रहेका अन्य नेपालीहरुको उद्धारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्न माग

World Cup 2026
Facebook Link

 

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले इजरायलमा हमासको आक्रमणमा नेपालीको उद्धारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने जनाएको छ ।

 

इजरायलमा हमासको आक्रमणका कारण १० जना नेपालीको मृत्यु भएको र त्यहा रहेका अन्य नेपालीहरुको अवस्थामा नाजुक भएको अवस्थामा सरकारले गम्भीरताका साथ चासो लिनुपर्नेमा आफूहरुको जोड रहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए । उनले घटनापछि सरकारले अहिले केही पनि गर्न नसकेको बताए। इजरायल घटनामा सरकार निकम्मा भएर बस्न नमिल्ने उनको भनाइ छ ।

 

इजरायलमा प्यालेस्टायनी इस्लामिक समूह हमासको आक्रमणमा परी इजरायलमा रहेका दश नेपालीको निधनको  निधन भएको छ । मृत्यु हुनेमा घोडाघोडी-४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बाउनिया-३ कैलालीका आशिष चौधरी, लेकाम-५ दार्चुलाका दिपेशराज विष्ट, सपही-६, धनुषाका आनन्द साह र मधुवान-१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

 

त्यस्तै पचनाली-डोटीका राजन फुलारा, लामिखाल-८ डोटीका पदम थापा, सारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आम्रमणमा मृत्यु भएको छ । यसैबीच परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायलमा जारी द्वन्द्वमा परी मृत्यु भएका नेपाली नागरिकको शव यथाशीघ्र फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

 

सोमबार परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको हो । यस्तै इजरायलमा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय पनि गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

सरकारले आइतबार मन्त्री साउदको संयोजकत्वमा संयन्त्र गठन गरेको थियो । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमा गत शनिबार गरेको आक्रमणमा परी हालसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । इजरायलमा हाल करिब ५ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशामा कार्यरत छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...