YouTube Link

ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने आँकलन, ६ बजेदेखि मतदान

Facebook Link

 

काठमाडौं: नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गतको निर्वाचन आज ६ बजेको लागि तय भएको छ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ ।

 

अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन हुने जनाइएको छ ।

 

प्रदेश कमिटीको अध्यक्ष पदमा ४ जनानको उम्मेदवारी गरेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा ४ र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।

 

प्रदेशको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका निवर्तमान अध्यक्ष केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले हिजो वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर नेतृत्वले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति गरेपछि पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिन सहमति जनाएको एमाले निकट स्रोतले जनाएको छ ।

 

पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका आकाँक्षीको संख्या ४ जनामा झरेको छ । उम्मेदवार ४ जना भएपनि मुख्य प्रतिस्पर्धा रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच हुने आँकलन गरिएको छ । मनोनयन फिर्ता लिएका पाण्डेले पनि ढुंगेल पक्षलाई समर्थन जनाएको स्रोतले बताएको छ ।

 

अध्यक्षका प्रत्यासी ढुंगेल एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीले नै ढुंगेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर सर्वसम्मत अध्यक्ष बनाउन सहमति नजुटेपछि निर्वाचन मार्फतनै ढुंगेललाई अध्यक्ष बनाउन ओलीले नेताहरुलाई गोप्य सर्कुलर जारी गरेको स्रोतले बताएको छ । अध्यक्षका प्रत्यासी पाण्डेले पनि समर्थन गरेपछि ढुंगेल पक्ष थप उत्साही बनेको छ । ढुंगेल स्वयंले भने आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...