YouTube Link

ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने आँकलन, ६ बजेदेखि मतदान

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेकपा एमाले बागमती प्रदेशको अधिवेशन अन्तर्गतको निर्वाचन आज ६ बजेको लागि तय भएको छ । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ ।

 

अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम चलिरहेको छ । ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि ६ बजे निर्वाचन हुने जनाइएको छ ।

 

प्रदेश कमिटीको अध्यक्ष पदमा ४ जनानको उम्मेदवारी गरेको छ । रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार श्रेष्ठको उम्मेदवारी परेको छ । सचिवमा ४ र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ ।

 

प्रदेशको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका निवर्तमान अध्यक्ष केशवराज पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले हिजो वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका थिए । तर नेतृत्वले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने सहमति गरेपछि पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिन सहमति जनाएको एमाले निकट स्रोतले जनाएको छ ।

 

पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै अध्यक्षका आकाँक्षीको संख्या ४ जनामा झरेको छ । उम्मेदवार ४ जना भएपनि मुख्य प्रतिस्पर्धा रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीच हुने आँकलन गरिएको छ । मनोनयन फिर्ता लिएका पाण्डेले पनि ढुंगेल पक्षलाई समर्थन जनाएको स्रोतले बताएको छ ।

 

अध्यक्षका प्रत्यासी ढुंगेल एमालेमा अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओलीले नै ढुंगेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन निर्देशन दिएका थिए । तर सर्वसम्मत अध्यक्ष बनाउन सहमति नजुटेपछि निर्वाचन मार्फतनै ढुंगेललाई अध्यक्ष बनाउन ओलीले नेताहरुलाई गोप्य सर्कुलर जारी गरेको स्रोतले बताएको छ । अध्यक्षका प्रत्यासी पाण्डेले पनि समर्थन गरेपछि ढुंगेल पक्ष थप उत्साही बनेको छ । ढुंगेल स्वयंले भने आफ्नो जित निश्चित रहेको दाबी गर्दै आएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...