Rajshow Bivag

एमाले बागमतीको अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा

Departmant of helth services

 

काठमाडौं: नेकपा एमालेको बागमती प्रदेशको अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

सर्वसम्मत अध्यक्ष चयनका लागि सहमतिको प्रयास भएपनि सम्भव नभएपछि आज मतदान हुने भएको छ । रामेछाप एमालेका अध्यक्ष आनन्द कुमार श्रेष्ठको प्रस्तावमा ढुंगेल र हिदम लामाको प्रस्ताव र देवकृष्ण विकलको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गरेका हुन् ।

 

एमालेको बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका ढुंगेल बागमती प्रदेशको पूर्वआर्थिक मामिला तथा योजनामन्त्री हुन् भने दाहाल पार्टीको केन्द्रीय सदस्य हुन् ।

 

यो निर्वाचन प्रत्यक्ष रुपमा ढुंगेल र दाहालबीचको प्रतिस्पर्धा देखिएपनि अन्तर्यमा युवा नेताहरु गोकुल बास्कोटा र महेश बस्नेतबीचको टक्कर देखिएको छ । बस्नेतले ढुंगेललाई अघि सारेका छन् भने बास्कोटाको समर्थनमा दाहाललाई अगाडि सारेका हुन् । यो निर्वाचनलाई यी दुई नेताको शक्ति परिक्षणका रुपमा लिईएको छ ।

 

एक नेताका अनुसार बास्कोटा अध्यक्ष मण्डलमा रहदा बस्नेत भने अध्यक्ष मण्डलमा अटाउन सकेनन् । बस्नेतलाई अध्यक्ष मण्डलबाट आउट गर्न बास्कोटा सफल भएको चर्चा छ । त्यसो त केन्द्रीय सचिवालय बैठकले केन्द्रीय नेताहरूलाई जिल्लामा खटाउने निर्णयको चर्को बिरोध गरेका बास्कोटा अन्ततः सचिवालयको निर्णय अनुसार सिन्धुपाल्चोकमा खटिए ।

 

त्यसबेला समाजबादीका नेता सुभाष कर्माचार्य लागायतको जिल्लाका नेतालाई एमालेमा भित्र्याउने काम गरे । अहिले सिन्धुपाल्चोकको समाजबादीको सिंगो जिल्ला कमिटी एमालेमा समाहित गर्ने तयारी गरे । बास्कोटाले कर्माचार्यलाई सचिब बनाउन चाहान्थे तर चाहाना पूरा गर्न नसक्दा बास्कोटा चिप्लिएको चर्चा छ ।

 

यसै सन्दर्भमा बास्कोटाले महासचिव शंकर पोखरेललाई भेटेर झाको झारेको बताईन्छ । किनकी कर्माचार्यहरुलाई भित्र्याउदा बास्कोटाले पोखरेललाई प्रमुख अतिथि मात्र बनाएनन् बालकोटको ग्रीन सिग्नल र पोखरेलको बाचा बन्धन कर्माचार्यलाई सेट गर्ने भन्ने थियो तर पोखरेलले कर्माचार्यलाई सचिब बनाउन नसकिने बताएपछि पोखरेलसँग बास्कोटा पड्किएको बताईन्छ । त्यसैलाई ईंगित गर्दै बास्कोटाले सामाजिक संजालमा समेत असन्तुष्टि ब्यक्त गरेका छन् ।

 

त्यसो त अध्यक्षका उम्मेदवार ढुँगेल महासचिव पोखरेल निकट मानिन्छन् । जस्लाई बस्नेतको साथ छ भने उपाध्यक्ष बिष्णु पौडेल निकट मानिएका दाहाललाई बास्कोटाको समर्थन छ । केन्द्रमा बस्नेत उपाध्यक्ष पौडेल निकट र बास्कोटा महासचिव पोखरेल निकट भनेर चिनिदै आएका छन् । तर बस्नेत र बास्कोटाबीच यो अधिवेशनमा भने यसको उल्टो कित्ताकाट हुन पुगेको छ । पार्टीभित्र आन्तरिक शक्ति सन्तुलनमा उनीहरुको अबको राजनीति कसरी अघि बढाउछन त्यो हेर्न बाँकी नै छ ।

 

निर्वाचन समितिले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशन गरेको छ । मतदान आज बिहानबाट पार्टी मुख्यालय च्यासलमा हुनेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...