YouTube Link

कोशी प्रदेशमा कार्यव्यवस्थाको बैठक स्थगित, मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची पनि अनिश्चित

Facebook Link

 

विराटनगर: उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि सोमबार डाकिएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ ।

 

बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै नभएको भन्दै दिउँसो १ बजे कार्यव्यवस्थाको अर्को बैठक बस्ने गरी बिहानको बैठक स्थगित भएको हो । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरेका थिए । तर बैठकको अध्यक्षता गरिदिने उपसभामुख दनुवार अचानक अस्वस्थ भएको कारण बैठक स्थगित गरिएको छ ।

 

उपसभामुख दनुवारले प्रदेश सभामा सभामुख र उपसभामुख नभएको अवस्थामा बैठकको अध्यक्षता गर्न तोकिएको अध्यक्ष मण्डलका सदस्यहरू मध्ये दोस्रो सूचीमा रहेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीलाई सम्बोधन गर्दै आफु नआउन्जेल बैठकको अध्यक्षता गर्न आग्रह गरेकी छन् ।

 

सोमबार दिउँसो मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम भएपछि बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । तर उपसभामुख नै अनुपस्थित भएपछि बैठक विना निश्कर्ष अन्त्य भएको छ ।

 

प्रदेश सभा सचिवालयले बैठक सञ्‍चालनका बिषयमा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसँग कानुनी राय लिने तयारी गरेको जनाइएको छ । कार्यव्यवस्था बैठक बस्न नसकेका कारण सोमबारको बैठकको कार्यसूची नै अनिश्चित बनेको छ । कार्यसूची नआउँदा मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य पनि अनिश्चित भएको छ ।

 

प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने उपसभामुख दनुवारलाई बैठकमा अनुपस्थित गराउने पूर्वतयारीका आधारमा आफ्ना आठ जना ज्येष्ठ सदस्यहरूलाई सोमबारको बैठकमा अनुपस्थित गराउने रणनीति लिएको छ । सोही आधारमा आठै जनाले आइतबार नै कोशी प्रदेश सभा सचिवालयमा लिखित रुपमा आफ्नो अनुपस्थितिबारे जानकारी गराइसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...