YouTube Link

कोशी प्रदेशमा कार्यव्यवस्थाको बैठक स्थगित, मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यसूची पनि अनिश्चित

Facebook Link

 

विराटनगर: उपसभामुख सिर्जना दनुवार अनुपस्थित भएपछि सोमबार डाकिएको कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरिएको छ ।

 

बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै नभएको भन्दै दिउँसो १ बजे कार्यव्यवस्थाको अर्को बैठक बस्ने गरी बिहानको बैठक स्थगित भएको हो । सोमबार दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने तयारी गरेका थिए । तर बैठकको अध्यक्षता गरिदिने उपसभामुख दनुवार अचानक अस्वस्थ भएको कारण बैठक स्थगित गरिएको छ ।

 

उपसभामुख दनुवारले प्रदेश सभामा सभामुख र उपसभामुख नभएको अवस्थामा बैठकको अध्यक्षता गर्न तोकिएको अध्यक्ष मण्डलका सदस्यहरू मध्ये दोस्रो सूचीमा रहेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीलाई सम्बोधन गर्दै आफु नआउन्जेल बैठकको अध्यक्षता गर्न आग्रह गरेकी छन् ।

 

सोमबार दिउँसो मुख्यमन्त्री थापाले विश्वासको मत लिने कार्यक्रम भएपछि बिहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको थियो । तर उपसभामुख नै अनुपस्थित भएपछि बैठक विना निश्कर्ष अन्त्य भएको छ ।

 

प्रदेश सभा सचिवालयले बैठक सञ्‍चालनका बिषयमा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालसँग कानुनी राय लिने तयारी गरेको जनाइएको छ । कार्यव्यवस्था बैठक बस्न नसकेका कारण सोमबारको बैठकको कार्यसूची नै अनिश्चित बनेको छ । कार्यसूची नआउँदा मुख्यमन्त्री थापाले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य पनि अनिश्चित भएको छ ।

 

प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले भने उपसभामुख दनुवारलाई बैठकमा अनुपस्थित गराउने पूर्वतयारीका आधारमा आफ्ना आठ जना ज्येष्ठ सदस्यहरूलाई सोमबारको बैठकमा अनुपस्थित गराउने रणनीति लिएको छ । सोही आधारमा आठै जनाले आइतबार नै कोशी प्रदेश सभा सचिवालयमा लिखित रुपमा आफ्नो अनुपस्थितिबारे जानकारी गराइसकेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...