YouTube Link

मन्त्री किरातीले सोधे पशुपति क्षेत्र विकास कोषलाई ८ बुँदे स्पष्टीकरण

Facebook Link

 

काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषलाई ८ बुँदे स्पष्टीकरण सोधेका छन् ।

 

साउन ३२ गतेको मन्त्रिस्तरीय निर्णयबाट सदस्य सचिव मिलन कुमार थापासँग स्पष्टीकरण माग गरेका हुन् । कोषका सदस्य सचिव थापलाई ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । स्पष्टीकरणमा पशुपति क्षेत्र विकास कोषबाट आफ्ना क्षेत्रभित्रका पसल, भवन, पार्क, धर्मशालाको सञ्चालनका निमित्त को कससँग कुन व्यहोराको सम्झौता भएको छ ती सम्झौताका प्रमाणित प्रतिलिपिहरु पेस गर्ने भनिएको छ ।

 

‘बुँदा नं. १ बमोजिमका सम्झौता अनुरुप त्यसकोषलाई तिर्न बुझाउनुपर्ने रकममध्ये हालसम्म असुल भएको रकम र बक्यौता रकम कति छ ? सम्झौता बमोजिमको असुल उपर हुनुपर्ने पुरै रकम असुल उपर नभई बक्यौता रहन गएको भने बक्यौता विवरण पेश गर्न आग्रह गरेका छौँ’, मन्त्रालयले भनेको  छ ।

 

पशुपति क्षेत्र विकास कोषबाट गरिएको सम्झौता बमोजिमको असुल उपरगरी लिनुपर्ने दायित्व बमोजिमको रकमको एकिन हिसाब राख्ने, असुल उपर गर्ने, अनुगमन गर्ने र त्यसउपर कारबाहीको जानकारी पनि मन्त्री किरातीले माग गरेका छन् ।

 

पशुपति क्षेत्र विकास कोष माताहतमा रहेका तिलगंगा, भण्डारखाल, उमाकुण्ड, वनकाली पार्किङको सञ्चालन व्यवस्था कसरी भई आएको छ। यसमा सम्झौता भएको छ की छैन ? असुल भएको रकमको विवरण उपलब्ध गराउन भनिएको छ ।

 

कोषको गुरुयोजनाले निर्देशित गरेको पशुपति क्षेत्रस्थित वडा नं. ७ र ८ का जग्गा अधिग्रहण गर्ने २०६६ भदौको निर्णयअनुसार मुआब्जा शोधभर्ना लगायत कुन मितिमा कति जग्गा अधिग्रहण भएको स्पष्ट गर्न भनिएको छ । महालेखा परीक्षकले बेरुजु देखाएको रकममा असुल तथा फर्स्यौट गर्नुपर्ने बेरुजुको विवरण पेश गर्न पनि मन्त्री किरातीले निर्देशन दिएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...