Rajshow Bivag

देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अपिल

Departmant of helth services

 

काठमाडौं: आज देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा ‘भारीदेखि धेरै भारी’सम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिँदै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

त्यसो त अहिले बिहान पनि सबै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

यस क्रममा कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको विभागले जनाएको छ ।

 

मौसम विभागका अनुसार १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ । यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ ।

 

महाशाखाका अनुसार आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

 

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ ।

 

गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

 

जारीमा भनिएको छ- कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ । तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, हावाहुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ३ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:२४

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

सन्दीप लामिछानेले पाए सफाई, क्यानले विश्वकप खेल्न पठाउने

वि.सं.२०८१ जेठ २ बुधवार १९:१४

काठमाडौं: उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछाने निर्दोष भएको ठहर...

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ २ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२५

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, जवाफी बहस भोलि

वि.सं.२०८१ जेठ १ मंगलवार १८:४१

  काठमाडौं: क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा परेको छ...

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठसहित

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५३

  काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा...

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

संघीय संसद भवनमा भित्र नीति तथा कार्यक्रम बाहिर फोटो सेशन… (तस्बिरहरू)

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२८

  काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति...