YouTube Link

१४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष

Facebook Link

 

काठमाडौं: ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूसँग पर्याप्त प्रमाण रहेको भन्दै प्रहरीले मुद्दालाई निष्कर्षमा पुर्‍याउने बताएको छ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पत्रकार सम्मेलन गर्दै यो मुद्दामा हदम्यादको द्विविधा नरहेको प्रष्टीकरण दिएको छ । सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले यसअघि सरकारी वकिल कार्यालयबाट फाइल फिर्ता आइसकेपछि अनुसन्धानमा ब्युरोको ठूलो मेहनत परेको बताइन् । उनले भनिन्, ‘सीआईबीले लामो समय अनुसन्धान गरेको छ । मुद्दा दर्ता हुन्छ । हदम्यादको द्विविधा छैन ।’

 

सानोतिनो मुद्दामा पनि चलखेल र दबाब स्वाभाविक हुने भएपनि आफूहरूसँग त्यस्ता दबाब दिनेलाई जवाफ दिन पर्याप्त प्रमाण र आधार रहेको बताइन् । यस प्रकरणमा हाइ प्रोफाइलमाथि कारबाहीसम्बन्धी पत्रकारको जिज्ञासामा बज्राचार्यले भनिन्, ‘अपराधमा संलगन्ता कति छ भन्ने महत्वपूर्ण रहन्छ । त्यसको आधारमा हाम्रो टीमले अनुसन्धान अघि बढाउँछ ।’ उनले मुद्दामा कतैबाट पोल्टिकल प्रेसर महसुस नगरेको बताइन् ।

 

एसएसपी दिनेश आचार्यले २०४७ पछिको चरणचरणमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको सीआईबीको निष्कर्ष सुनाए । राणालाई फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको उनले जानकारी दिए ।

 

‘मुलुकी ऐन २०२० अनुसार सरकारी कागजात कीर्तेमा हदम्यादको व्यवस्था छैन । यसमा हदम्याद असीमित हुन्छ । सरकारी जग्गामा मोही, गुठी कोही हुँदैनन् । तत्कालीन समयमा सरकारले अधिग्रहण गरेको जग्गा हो’, आचार्यले भने ।

 

अहिले यो प्रकरणमा मीनबहादुर गुरुङ, तत्कालीन मालपोत अधिकृत धर्मप्रसाद गौतम, कर्मचारी गोपाल कार्की र भक्तपुर मालपोतका तत्कालीन हाकिम सुधीर शाह पक्राउ परेको भन्दै अनुसन्धान जारी रहेको उनको भनाइ थियो ।

 

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर मुद्दा विचाराधीन छ । करिब ४ सय जनालाई प्रतिवादी बनाएर सीआईबीले लगेको मुद्दा हदम्याद गुज्रिएको भन्दै तत्कालीन महान्यायाधिवक्ता खम्म खातीले ठगीमा मुद्दा चल्न नसक्ने भनी फाइल बन्द गरेका थिए ।

 

त्यस्तै सरकारी कागजात कीर्तेको आरोपमा पनि अनुसन्धान भएर मुद्दा दयार भएको थिएन । कीर्ते मुद्दामा हदम्याद नलाग्ने भन्ने भएपछि बालुवाटार प्रकरणका सीआईबीले फायल खोलेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...