YouTube Link

रामेछाप पत्रकार महासंघमा प्रेस चौतारी नेपालको तालाबन्दी

Facebook Link

 

काठमाडौं: प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा कालो झण्डासहित तालाबन्दी गरेको छ ।

 

नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ विपरित सदस्यता शुद्धीकरण र नयाँ सदस्यताका लागि सिफारिस गरेपछि प्रेस चौतारी रामेछापले शनिबार महासंघको कार्यालयमा कालो झण्डासहित तालाबन्दी गरेको हो ।

 

प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न आग्रह गर्दै नसच्याएर चरणबद्ध रूपमा आम्दोलन कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियो । तर महासंघले आफ्ना गलत निर्णय र कदमबाट पछि हट्ने कुनै संकेत नदेखाएपछि आन्दोलनको कार्यक्रम अघि बढाएको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

 

प्रेस चौतारी रामेछापले २०८० जेठ २८ गते पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्रसहित एक विज्ञप्ति नै सार्वजनिक गरेर सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९  अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरेको थियो ।

 

तर लगत्तै महासंघले आफू निकट कुनै दल विशेष पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यता प्राप्त गर्नबाट वञ्चित गर्ने गलत मनसायका साथ निर्णय गरेको थियो ।

 

त्यसपछि प्रेस चौतारी रामेछापले पुनः विज्ञप्ति निकालेर पत्रकार महासंघ सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ अनुसार निर्णय सच्याएर अघि बढ्न आग्रह गरेको थियो । तर आफूहरूले गरेका सबै आग्रह र अनुरोधको बेवास्ता गरेपछि पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले गरेका गलत निर्णयका विरुद्धमा आन्दोलनको कार्यक्रम सशक्त ढङ्गले अघि बढाइएको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

 

अझैँ महासंघले आफ्ना गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासंघका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने,  निर्णय नसच्चिएसम्म पत्रकार महासंघका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने अध्यक्ष श्रेष्ठले बताए ।

 

पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले ‘सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९’ को बुँदा नं ८, ९, १०, १३ र १४ को ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्राहीपूर्ण ढङ्गबाट महासंघमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेशामा नै आबद्ध नरहेका, विभिन्न पेशा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने, फरक विचार राखेकै कारण क्रियाशील सदस्यलाई निष्क्रिय घोषणा गर्ने, पेसामा नै नरहेकोलाई नयाँ सदस्यमा सिफारिस गर्ने गरी महासंघले गलत निर्णय गरेको प्रेस चौतारी रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...