YouTube Link

रामेछाप पत्रकार महासंघमा प्रेस चौतारी नेपालको तालाबन्दी

Facebook Link

 

काठमाडौं: प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापमा कालो झण्डासहित तालाबन्दी गरेको छ ।

 

नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ विपरित सदस्यता शुद्धीकरण र नयाँ सदस्यताका लागि सिफारिस गरेपछि प्रेस चौतारी रामेछापले शनिबार महासंघको कार्यालयमा कालो झण्डासहित तालाबन्दी गरेको हो ।

 

प्रेस चौतारी रामेछापले गत जेठ ३२ गते एक विज्ञप्ति जारी गरी ४८ घण्टाभित्र आफ्ना गलत निर्णय सच्याएर अघि बढ्न आग्रह गर्दै नसच्याएर चरणबद्ध रूपमा आम्दोलन कार्यक्रम अघि बढाउने चेतावनी दिएको थियो । तर महासंघले आफ्ना गलत निर्णय र कदमबाट पछि हट्ने कुनै संकेत नदेखाएपछि आन्दोलनको कार्यक्रम अघि बढाएको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले जानकारी दिए ।

 

प्रेस चौतारी रामेछापले २०८० जेठ २८ गते पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेलाई भेटेर ध्यानाकर्षण पत्रसहित एक विज्ञप्ति नै सार्वजनिक गरेर सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९  अक्षरशः पालना गरेर अघि बढ्न आग्रह गरेको थियो ।

 

तर लगत्तै महासंघले आफू निकट कुनै दल विशेष पार्टीको कार्यकर्ता भर्ती केन्द्रको रूपमा स्थापित गर्ने गरी योग्य सदस्यलाई शुद्धीकरणका नाममा हटाउने र नयाँ सदस्यताका लागि योग्य पत्रकारलाई समेत सदस्यता प्राप्त गर्नबाट वञ्चित गर्ने गलत मनसायका साथ निर्णय गरेको थियो ।

 

त्यसपछि प्रेस चौतारी रामेछापले पुनः विज्ञप्ति निकालेर पत्रकार महासंघ सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९ अनुसार निर्णय सच्याएर अघि बढ्न आग्रह गरेको थियो । तर आफूहरूले गरेका सबै आग्रह र अनुरोधको बेवास्ता गरेपछि पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले गरेका गलत निर्णयका विरुद्धमा आन्दोलनको कार्यक्रम सशक्त ढङ्गले अघि बढाइएको प्रेस चौतारी रामेछापका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

 

अझैँ महासंघले आफ्ना गलत निर्णय नसच्याए यसअघि सार्वजनिक गरिएका मापदण्ड विपरीत सदस्यता कायम रहेका सदस्यको नाम सार्वजनिक गर्ने, पत्रकार महासंघका प्रतिनिधि सहभागी हुने कार्यक्रममा हस्तक्षेप र बहिष्कार गर्ने,  निर्णय नसच्चिएसम्म पत्रकार महासंघका सबै गतिविधि ठप्प गराउने र प्रेस चौतारी नेपालको जानकारीमा रहेका सरकारी सेवामा कार्यरत भएर पनि सदस्यता कायम नै राखिएका सदस्यको सो सम्बन्धमा सम्बन्धित कार्यालयलाई महासंघले बनाएको मापदण्डबारे जानकारी गराई कार्यालयमा राजीनामा दिए नदिएको यकिन गर्न सूचना माग गर्ने लगायतका कार्यक्रम सशक्त रूपमा अघि बढाउने अध्यक्ष श्रेष्ठले बताए ।

 

पत्रकार महासंघ रामेछापको असक्षम, अविवेकी र भ्रष्ट वर्तमान नेतृत्वले ‘सदस्यता शुद्धीकरण सम्बन्धी मापदण्ड, २०७९’ को बुँदा नं ८, ९, १०, १३ र १४ को ठाडो उपहास गरी प्रतिशोध र पुर्वाग्राहीपूर्ण ढङ्गबाट महासंघमा हाल कायम रहेका सरकारी जागिरे, शिक्षक, राजनीतिक दलका नेता, पेशामा नै आबद्ध नरहेका, विभिन्न पेशा व्यवसायमा आबद्ध भएकाको सदस्यता यथावत् राख्ने, फरक विचार राखेकै कारण क्रियाशील सदस्यलाई निष्क्रिय घोषणा गर्ने, पेसामा नै नरहेकोलाई नयाँ सदस्यमा सिफारिस गर्ने गरी महासंघले गलत निर्णय गरेको प्रेस चौतारी रामेछापले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...