YouTube Link

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८

Facebook Link

 

काठमाडौं: राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएसँगै शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका छन् ।

 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।

 

२०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

 

शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार देशका ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या सर्वाधिक २० लाख ४१ हजार ५८७ पुगेको छ । त्यसपछि धेरै जनसंख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा अनि सुनसरी छन् ।

 

सबैभन्दा कम मनाङ जिल्लाको जनसङ्ख्या ५,६५८ रहेको छ । कम जनसंख्या हुने जिल्लाको सूचीमा दोस्रो स्थानमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला छन् । ‘काठमाडौंकफो वार्षिक जनसङ्ख्या वृद्धि दर सर्वाधिक (१.५१ प्रतिशत) छ भने मनाङको सबैभन्दा कम (-१.३९ प्रतिशत) छ’ प्रतिवेदनमा उल्लेख छ ।

 

जनगणनाका अनुसार सबैभन्दा बढी जनसंख्या (२०.९७ प्रतिशत) बागमती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली (५.७९ प्रतिशत) प्रदेशमा रहेको छ । २०.९७ प्रतिशत नै जनसंख्या रहेको मधेस प्रदेश दोस्रो स्थानमा छ । त्यसपछि उच्च जनसङ्ख्या हुने स्थानमा क्रमशः कोसी, लुम्बिनी, सुदूरपश्चिम अनि गण्डकी छन् ।

 

त्यस्तै नगरपालिकाहरूमा कुल जनसंख्याको ६६.१७ प्रतिशत मानिसहरू बसोबास गर्छन् भने गाउँपालिकामा बसोबास गर्नेहरूको संख्या ३३.८३ प्रतिशत छ । क्षेत्रगत रूपमा सबैभन्दा बढी मानिस तराइमा बस्छन् । तथ्यांकले पछिल्लो दशकमा तराइमा बसोबास गर्नेको संख्या झन् बढेको देखाएको छ ।

 

उक्त क्षेत्रमा १ करोड ५६ लाख ३४ हजार ६ मानिसको बसोबास छ जुन कुल जनसंख्याको ५३.६१ प्रतिशत हो । एक दशक अघि उक्त संख्या ५०.२७ प्रतिशत थियो। पहाडी जिल्लामा बसोबास गर्नेको संख्या भने पछिल्लो एक दशकमा ४३.०१ प्रतिशतबाट घटेर ४०.३१ प्रतिशत (एक करोड १७ लाख ५७ हजार ६२४) पुगेको छ ।

 

हिमाली क्षेत्रको जनसंख्या पनि घटेको छ । कुल जनसंख्याको ६.०१ प्रतिशत मानिस बसोबास गर्ने गरेको उक्त क्षेत्रमा हाल १७ लाख ७२ हजार ९४८ मानिसहरूको बसाइ छ जुन ६.०८ प्रतिशत हो ।

 

प्रतिवेदनका अनुसार काठमाडौं, ललितपुर र भक्तपूरको कुल जनसङ्ख्या ३० लाख २५ हजार ३८६ रहेको छ । सन् २०११ मा गरिएको जनगणनामा त्यस्तो सङ्ख्या क्रमशः २०.८७ र ५.९३ प्रतिशत थियो । काठमाडौं जिल्लामा महिला र पुरुषको अनुपात लगभग उस्तै रहेको देखिन्छ । काठमाडौंमा १० लाख ३५ हजार ७२६ पुरुष छन् भने महिला सङ्ख्या १० लाख ५ हजार ८६१ छ ।

 

कुल जनसंख्यामध्ये ७ लाख भन्दा बढी विगतमा बसोबास गर्दै आएको स्थानमै बसोबास गरिरहेको, ३ लाख ३२ हजार भन्दा बढी काठमाडौंमै अन्य स्थानीय तहमा बसाइ सराइ गरेको र ९४६,२५० जना भने अन्य जिल्लाबाट आएको तथ्याङ्कले देखाएको छ । विदेशबाट फर्किएर काठमाडौंमा बसिरहेकाहरूको संख्या झन्डै ५० हजार छ ।

 

पछिल्लो तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ललितपुर जिल्लाको जनसंख्या ५५१,६६७ छ भने भक्तपुरको जनसङ्ख्या ४३२,१३२ पुगेको छ । दुवै जिल्लामा महिला र पुरुषको अनुपात लगभग समान देखिन्छ । सबैभन्दा कम जनसंख्या रहेको मनाङ महिलाहरूको संख्या २,४६६ रहेकामा पुरुषहरूको संख्या ३,१९२ छ ।

 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा २०७८ माघ महिनामा सार्वजनिक गरिएको थियो । २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ । साथै मातृ मृत्यु प्रतिवेदन पनि सार्वजनिक गरिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...